images
images

शनिवार, जेठ ५ गते २०८१

सिद्धार्थनगरमा राष्ट्रिय गानबाट सेवा सुरु

सिद्धार्थनगरमा राष्ट्रिय गानबाट सेवा सुरु

images
images
images
आइतवार, बैशाख २३ २०८१
आइतवार, बैशाख २३ २०८१
  • सिद्धार्थनगरमा राष्ट्रिय गानबाट सेवा सुरु

    भैरहवा, २३ वैशाख ।
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको कार्यालयमा राष्ट्रिय गानबाट कार्यालयको सेवा प्रदान गर्न सुरु गरिएको छ । कर्मचारीलाई समयमै कार्यालय उपस्थित गराइ राष्ट्रिय गानको सम्मान, कार्य जिम्मेवारीप्रति थप उत्प्रेरणा तथा उत्साह जगाउने एवं राष्ट्रप्रति भाव बढाउने उद्देश्यले कार्यालयमा राष्ट्रिय गानबाट सेवा सुरु गरिएको हो ।

    images
    images
    images

    कर्मचारी र सेवाग्राहीमा अनुशासन तथा राष्ट्रप्रतिको भाव अभिवृद्धि गर्न राष्ट्रिय गानबाट कार्यालयको सेवा सुरु गरिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले बताए । कार्यालयमा बिहान १० बजे राष्ट्रिय गान सुरु भएपछि जनप्रतिनिधि, कर्मचारी र सेवाग्राही राष्ट्रिय गानमा सहभागी भएर मात्र आ–आफ्नो कार्यकक्षतर्फ जाने गर्छन् ।

    राष्ट्रिय गानबाट सेवा सुरु गर्दा कार्यालयमा आउने सेवाग्राही, कर्मचारीमा राष्ट्रप्रति भावना र आत्मीयता बढ्ने तथा कर्मचारी, सेवाग्राहीमा जहाँ जुनसुकै बेला पनि राष्ट्रप्रति जिम्मेवार बनाउन सहयोग पुयाएउने विश्वास लिइएको थापाले बताए । 

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij