images
images

आइतवार, जेठ ६ गते २०८१

बुटवलको चौराहादेखि चिडियाखोलासम्मको सडक पुनः डिजाईनका लागि कार्यदल गठन

बुटवलको चौराहादेखि चिडियाखोलासम्मको सडक पुनः डिजाईनका लागि कार्यदल गठन

images
images
images
मंगलवार, बैशाख २५ २०८१
मंगलवार, बैशाख २५ २०८१
  • बुटवलको चौराहादेखि चिडियाखोलासम्मको सडक पुनः डिजाईनका लागि कार्यदल गठन

    बुटवल, २५ वैशाख । 
    बुटवल–बेलहिया व्यापारिक मार्ग अन्तरगत बुटवलको चौराहादेखि चिडियाखोलासम्मको सडक निर्माणमा बुटवल उपमहानगरपालिकाले चासो देखाएको छ । बुटवलको चौराहादेखि चिडियाखोलासम्मको सडक निर्माणको ठेक्का सडक डिभिजन कार्यालयले तोडेपछि सडकको डिजाईन परिवर्तनको लागि उपमहानगरपालिकाले पहल सुरु गरेको हो । 

    images
    images
    images

    बुटवल–बेलहिया व्यापारिक मार्ग भनिए पनि व्यवसायीमैत्री सडक बन्न नसकेको गुनासो आईरहेको बेला उपमहानगरपालिकाले सडकको पुनः डिजाईन गर्नको लागि कार्यदल गठन गरेको छ । 

    उमहानगरपालिकाले सडक डिभिजन कार्यालय बुटवलका प्रमुखसहित सरोकारवाला निकायलाई बोलाएर सडक निर्माणको कामलाई आवश्यक सहजीकरण गर्नको लागि मेयर खेलराज पाण्डेयको संयोजकत्वमा कार्यदल गठन गरेको हो । 

    सडक डिभिजन कार्यालय बुटवल, नेपाल खानेपानी संस्थान, नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकमका कार्यालय प्रमुख सदस्य र उपमहानगरपालिकाका पूर्वाधार विकास महाशाखाका प्रमुख गौतम रौनियार सदस्य सचिव रहने गरी नगरप्रमुख पाण्डेयले कार्यदल गठन गरेका हुन् । 

    कार्यदलले सडकको केन्द्रबिन्दुदेखि प्रत्येक साइडतर्फ पैदलयात्रीका लागि ३ मिटर चौडाको फुटपाथ निर्माण, साईकलयात्रीका लागि २ मिटरको साइकल लेन निर्माण, प्रति २०० मिटर लम्बाइतर्फ प्रति ७० मिटर लम्बाईमा हल्का सवारी पार्किङ र प्रति ३० मिटर लम्बाईमा पार्क तथा सौन्दर्यीकरण गर्नको लागि पहल गर्ने निर्णय गरेको छ ।  
    त्यस्तै प्रत्यक पार्क र साईड सडकमा स्ट्रीट लाईट जडान, सडक फर्निसिङ्ग ट्राफिक संकेत, डिभाइडरमा टल्किने स्टीकर र सौन्दर्यीकरणका लागि पेन्टिङ गर्ने निर्णयमा उल्लेख गरिएको छ । 

    त्यसै गरी ट्राफिक चोक र गोलपार्क, बुटवल बहुमुखी क्याम्पसमा आकाशे पुल र पुलको तल सार्वजनिक शौचालय निर्माण गर्ने, राजमार्ग चौराह र हस्पिटल लाइनमा ४ मुखे आकाशे पुल निर्माण गर्नको लागि कार्यदलले सहजीकरण गर्ने भएको छ । 

    त्यस्तै दुरसञ्चारको तार व्यवस्थापन र अनावश्यक पोल हटाउने, सम्भव भएका स्थानहरुमा भूमिगत विद्युत लाईन विस्तार गर्ने, खानेपानीका पाइपलाईन व्यवस्थ्ति गर्नको लागि सम्बन्धित कार्यालयहरुलाई अनुरोध गर्ने निर्णय गरिएको बुटवल उपमहानगपालिकाका प्रमुख खेलराज पाण्डेयले जानकारी दिए । लामो समयसम्म बुटवल बजारको राजमार्ग चौराहदेखि गोलपार्कसम्मको सडक निर्माणले पूर्णता पाउन नसक्दा ट्राफिकचोक, अमरपथ, संगमपथ, राममन्दिर लाईन, चौराहा र मिलनचोकको बजार प्रभावित हुन पुगेको उनले बताए ।

    बुटवलको ऐतिहासिक बजारलाई आर्थिक हिसाबले चलायमान गराउनका लागि विभिन्न मापदण्डका आधारमा सडकको डिजाईन परिवर्तन गराउनको लागि सडक डिभिजन कार्यालय मार्फत सम्बन्धित निकायहरुमा अनुरोध गरी कार्यदलले निर्णय गरेको मेयर पाण्डेयले जानकारी दिए ।

    सडक डिभिजन कार्यालय बुटवलका प्रमुख विसुन दास लामाले २०७३ सालदेखि सुरु भएको बुटवल–बेलहिया व्यापारिक मार्गको काम पटकपटक म्याद थप्दा समेत ठेकेदार कम्पन्नीले सम्पन्न नगरेपछि ठेक्का तोड्नुपरेको बताए ।

    समयमा नै काम नगर्ने कञ्चनजंगा–बिरुवा जेभी र बिरुवा कन्ट्रक्सन  कम्पन्नी प्रा.लि.बीच बुटवल–बेलहिया व्यापारिक मार्ग निर्माणको लागि आर्थिक वर्ष २०७३–७४ मा ठेक्का सम्झौता भएको थियो । समयमा नै काम नगर्ने ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्ने तयारी भएको उनले जानकारी दिए र

    बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्यालले बुटवलको बजारलाई असर नपर्ने गरी सडकको डिजाईन गरिनुपर्नेमा जोड दिए । बुटवलमा बजार विस्तार भएपछि बल्ल सडक आएको ऐतिहासिक तथ्य रहेको बताउँदै उनले बुटवलको बजारलाई असर नगर्ने गरी अब बन्न सडक निर्माणको लागि सुझाव दिए ।

    त्यस्तै नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, नेपाल टेलिकम बुटवलका प्रमुख सुरेन्द्र प्रसाद श्रेष्ठ, बुटवल उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नरिश्वर शर्मा पौडेल, होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारी लगायतले सडक निर्माणको काम छिटो सक्नको लागि सुझाव दिएका थिए ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij