२०८२, भाद्र २५ गते

Sep 10 2025 | २०८२, भाद्र २५ गते

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा रक्तदान

आइतवार , फाल्गुण ९, २०७७

  • 3.7K
    Shares
  • 3.7K
    Shares
  • बुटवल, ९ फागुन ।
    बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा रक्तदान भएको छ । संघको ६८ औं स्थापना दिवसको अवसरमा आइतबार संघको सचिवालय परिषर बालमन्दिरमा रक्तदान गरिएको हो । 

    बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको २०१० साल फागुन १० स्थापना भएको थियो । रक्त सञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेको संघले जनाएको छ । 

    रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै संघका अध्यक्ष खिमबहादुर हमालले संघले स्थापना दिवसमा रक्तदान कार्यक्रम गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने विश्वास व्यक्त गरे । कार्यसमिति सदस्य भेषराज गैरेको संयोजकत्वमा भएको कार्यक्रममा संघका पूर्व अध्यक्षहरु, पदाधिकारी तथा कार्यसमिति सदस्यहरु तथा साधारण सदस्य उद्योगी व्यबसायीहरुको सहभागिता रहेको थियो । 

    रक्तदान गर्ने रक्तदाताहरुलाई त्यसै अवसरमा प्रमाणपत्र समेत प्रदान गरिएको थियो । संघले स्थापना दिवसको अवसरमा सांझ सचिवालयमा दीपावली कार्यक्रम समेत राखेको छ भने स्थापना दिवसकै अवसरमा पूर्वअध्यक्ष सम्मान तथा बुटवल माध्यमिक विद्यालयलाई डेस्क बेञ्च प्रदान गर्ने कार्यक्रम समेत राखेको छ ।