
आइतवार , फाल्गुण ९, २०७७
बुटवल, ९ फागुन ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले बहुउद्देश्यीय व्यवसायिक भवन निर्माणको लागि बुटवल उपमहानगरपालिका वडा नम्बर १५ सेमलारको चम्किपुरमा खरिद गरेको जग्गामा बोर्ड अनावरण गरिएको छ ।
संघको ६८ औं स्थापना दिवसको अवसरमा उक्त जग्गामा आइतबार बोर्ड अनावरण गरिएको हो । संघले बहुउद्देश्यीय व्यवसायिक भवन निर्माणको लागि सेमलारको चम्किपुरमा ७ कठ्ठा जग्गा खरिद गरेको थियो । उक्त जगगामा संघका अध्यक्ष खिमबहादुर हमालसहित निवर्तमान अध्यक्ष महेशमान सिंह, पूर्व अध्यक्षहरु सुरेन्द्रप्रसाद श्रेष्ठ, निर्मलप्रसाद लाकौल, कुशप्रसाद मल्ली, अर्जुनमान सैंजु र जीवनप्रसाद वझाले संयुक्त रुपमा बोर्ड अनावरण गरेका हुन् ।
त्यस अवसरमा संघका पदाधिकारी, कार्यससिमिति सदस्यहरु, वस्तुगत समितिका पदाधिकारी, उद्योगी व्यवसायीको सहभागिता रहेको कार्यक्रम संयोजक प्रतिक पोखरेलले जानकारी दिए ।
संघले लिएका लक्ष्य परिपूर्तिको लागि बहुउद्देश्यीय भवन निर्माण गरिने र त्यसमा विशेष गरी कृषिलाई प्राथमिकता दिइने संघका अध्यक्ष हमालले जानकारी दिए । जग्गा खरिदको लागि संघका निवर्तमान अध्यक्ष सिंहको संयोजकत्वमा समिति गठन गरिएको थियो । उक्त समितिले विभिन्न स्थानमा जग्गाको अवलोकन तथा अध्ययन गरेर उक्त जग्गा छनौट गरेको थियो । संघले निकट भविष्यमै पूर्वाधार निर्माणको काम सुरु गर्ने महासचिव दिनेशप्रसाद श्रेष्ठले जानकारी गराएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij