भैरहवा, २६ वैशाख ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा अत्यावश्यक सेवाबाहेक बुधबार (आज ) शोक विदा दिइएको छ । नगरपालिका कार्यालयको कूचीकार पदमा कार्यरत कर्मचारी अलाउद्दीन मुसलमानको स्वास्थ्य उपचारको क्रममा निधन भएपछि बुधबार बिहान बसेको नगरकार्यपालिकाको आकस्मिक बैठकले कार्यालयहरुमा शोकसभा गरी शोक विदा दिने निर्णय गरेको कार्यालयले जनाएको छ ।
कर्मचारीको असायमिक निधनप्रति शोक व्यक्त गर्दै कार्यालयद्धारा जारी सूचना अनुसार अत्यावश्यक सेवाबाहेक नगरपालिकाको कार्यालय, वडा कार्यालय र आधारभूत स्वास्थ्य केन्द्रहमा शोक विदा दिइएको हो ।