images
images

सोमवार, जेठ ७ गते २०८१

थप उर्जा र हौसलाका साथ नयाँ ठाउँमा पनि काम गर्नेछु : गौतम

थप उर्जा र हौसलाका साथ नयाँ ठाउँमा पनि काम गर्नेछु : गौतम

images
images
images
बिहिवार, बैशाख २७ २०८१
बिहिवार, बैशाख २७ २०८१
  • थप उर्जा र हौसलाका साथ नयाँ ठाउँमा पनि काम गर्नेछु : गौतम

    भैरहवा, २७ वैशाख ।
    रुपन्देहीको रोहिणी गाउँपालिकामा झण्डै २ वर्ष प्रमुख प्रशासकीय अधिकृत रहेका श्रीप्रसाद गौतमले नयाँ ठाउँमा पनि थप उर्जा र हौसलाका साथ काम गर्ने बताएका छन् । रोहिणी गाउँपालिकाले बुधबार धकधईमा आयोजना गरेको फेरी भेटौला/विदाई कार्यक्रममा गौतमले यस्तो बताएका हुन् ।

    images
    images
    images

    रुपन्देहीको गैडहवा गाउँपालिकामा सरुवा भएका गौतमले भने, ‘अस्ती भर्खर जस्तो लाग्छ । समय जाँदा बेर लाग्दैन । १९ महिना २० दिन रोहिणीमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा जिम्मेवारी सम्हालियो । कर्मचारी सरुवा हुनु सामान्य कुरा हो । रोहिणीमा झण्डै २ वर्ष रहदा कसैबाट असहयोग भएन । सकारात्मक रुपमा सहयोग गर्नुभयो ।’ सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीको सहयोगी भावना आफूले पाएको उनको भनाइ थियो । ‘यहाँहरुको समर्पण भाव र लगनशीलताकै कारण नै १९ महिनासम्म बस्ने सके । कसैको चित्त दुखाउने प्रयास गरेको छैन, ’गौतमले भने ।

    उनले रोहिणी गाउँपालिकाको प्रशासनिक भवन बनेको हेर्ने इच्छा रहेको बताए । उनले गाउँपालिकामा अघि बढेका योजनाहरुलाई पूर्णता दिन आग्रह गरे । १५ शैया अस्पतालको लागि आगामी आर्थिक वर्षमा बजेट विनियोजन हुने विश्वास व्यक्त गरे । 

    IMG_8381.JPG

    रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले गाउँपालिकाको प्रशासनिक भवन निर्माण सुरु गर्न प्रमुख प्रशासकीय अधिकृत श्री प्रसाद गौतमको प्रयास सराहनीय रहेको बताए । उनले भने, ‘रोहिणीमा प्रसाद यहाँले धेरै राम्रो काम गर्नुभएको छ । राम्रो सन्देश दिनुभएको छ । यहाँ आइसकेपछि रोहिणीमा राम्रो कामका थालनी भएको छ । हजुर यहाँबाट जाँदा म दुःखी नै छु । खुसी छैन । ’

    उनले गाउँपालिकामा हाईमास्ट लाईट र एनपीआर क्यामेरा जडान भएको र यो कार्यको लागि प्रमुख प्रशासकीय अधिकृत श्री प्रसाद गौतमले प्रेरणा दिनुभएको बताए ।

    गाउँपालिकाकी उपाध्यक्ष शिवकान्ति हरिजनले प्रमुख प्रशासकीय अधिकृत श्री प्रसाद गौतमले कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरेको बताइन् । उनले भनिन्, ‘यहाँ रोहिणीमा हुँदा धेरै राम्रा काम भएका छन् । हृदयदेखि धन्यवाद दिन चाहन्छु ।’

    IMG_8202.JPG

    गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडाअध्यक्ष वीर बहादुर क्षेत्रीले प्रमुख प्रशासकीय अधिकृतको प्रगतिको कामना गरे । उनले भने, ‘हजुर रोहिणी हुँदा केही त्यस्तो त्रुटी भए जस्तो लाग्दैन । हजुरलाई जिल्ला प्रमुखको रुपमा हेर्न पाउँ भन्दै शुभकामना व्यक्त गर्न चाहन्छु ।’

    गाउँपालिकाका शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरेले प्रमुख प्रशासकीय अधिकृत गौतम असाध्यै शालिन र सरल स्वभाव भएको व्यक्तित्व रहेको बताए । उनले भने, ‘रोहिणीको विकासमा अनवरत रुपमा लाग्नुभयो । उहाँबाट असर संस्कारको कुरा सिक्यौं । ’

    गाउँपालिकाका लेखा अधिकृत कृष्ण प्रसाद ज्ञवालीले गैडहवा गाउँपालिकामा पनि प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीबीच समन्वय गरी अघि बढ्ने विश्वास गरे । उनले भने, ‘समय कति छिटो बितिसकेको छ ।’

    बगहा स्वास्थ्य चौकीका प्रमुख बुद्धि प्रसाद पन्तले विदाई अत्यन्तै दुःखको क्षण भएको बताए । उनले भने, ‘प्रमुख प्रशासकीय अधिकृतज्यूको भावी जीवन सफल होस् ।’

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij