२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

नेपालका लागि अमेरिकी राजदूत थम्पसनद्धारा लुम्बिनी भ्रमण

शनिवार , बैशाख २९, २०८१

लुम्बिनी, २९ वैशाख ।
नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनले बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गरेका छन् । लुम्बिनी प्रदेशको नवलपरासी जिल्लामा रहेको पहिलो ४०० केभी विद्युत् सबस्टेसनको एमसीए–नेपालको हस्ताक्षर समारोहमा सहभागी हुन आएका राजदूत थम्पसनले शुक्रबार लुम्बिनीको भ्रमण गरेका हुन् । राजदुत थम्पसनलाई लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले स्वागत गरे ।

उक्त अवसरमा अमेरिकी दूतावासका प्रवक्ता जेहरा नक्भीको पनि उपस्थिति थियो । राजदुतसहितको टोलीले शान्ति दीप, मायादेवी मन्दिरको दर्शन, पुष्करणी पोखरी तथा अशोक स्तम्भको अवलोकन गर्दै जानकारी समेत लिएका थिए । 

कोषका जनसम्पर्क अधिकृत डा. हरिध्वज राईले बुद्ध जन्मस्थल लुम्बिनीको बारेमा राजदुत थम्पसनलाई जानकारी गराएका थिए । उक्त अवसरमा सदस्य सचिव शाक्य, जनसम्पर्क अधिकृत डा. हरिध्वज राइ, सूचना अधिकृत राजन बस्नत लगायतको उपस्थिति रहेको थियो ।

440452224_10161148938457492_7980960363839784162_n.jpg