
सोमवार , बैशाख ३१, २०८१
भैरहवा, ३१ वैशाख ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ को कार्यालयले ज्येष्ठ नागरिक, एकल महिला तथा अपांगता भएका व्यक्तिहरुका लागि ‘तीर्थ यात्रा’ कार्यक्रम गरेको छ । वडा नम्बर ५ मा स्थायी बसोबास गर्ने ज्येष्ठ नागरिक, एकल महिला तथा अपांगहरु गरी शुक्रबार ५० जना गोरखा जिल्लामा अवस्थित प्रसिद्ध तथा महत्वपूर्ण धार्मिक स्थल मनकामना मन्दिर पुगेको वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठले बताए ।
शुक्रबार बिहान पुगेको टोली सोही दिन साँझ फर्किएको वडाअध्यक्ष श्रृेष्ठले जानकारी दिए । ‘धार्मिक यात्रा गराउने हेतुले मनकामना मन्दिरको दर्शन गराइएको छ । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिदै जानेछौं, ’उनले भने ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij