
मंगलवार , जेठ १, २०८१
छिमेकी मुलुक भारतमा लोकसभा निर्वाचन अन्तर्गत मतदान भइरहेको छ । निर्वाचन अघि प्रचारप्रसार, बहस र आरोप–प्रत्यारोपका श्रृंखला पनि दिनहुँ बढेकाे थियो । चुनावको रापताप, नेता कार्यकर्ता, आम नागरिकदेखि सञ्चार माध्यममा पनि निकै छाएको छ । भारतमा जब चुनावको गतिविधि तीव्र हुँदै जान्छ अनि एउटा नारा निकै जोडतोडका साथ आउने गर्दछ । ‘पत्रकारो, दलाली छोडो, दलालो पत्रकारिता छोडो’ ।
अहिले भारतीय सञ्चार माध्यममा फेरी यो नारा बहसको रुपमा अगाडि आएको छ । उक्त भनाइमा कति सत्यता होला र कति बढाइचढाइ गरिएको होला ? बहस र छलफल गर्न सकिन्छ । छिमेकी मुलुकमा लाग्ने यस्ता नाराले नेपालका सञ्चारकर्मीलाई समेत झस्काउने गरेको छ । कतै भारतमा पत्रकारका बारेमा लाग्ने यस्ता नारा भोली आम रुपमा नेपालमा पनि लाग्न सक्छ । भारतमा जस्तै आम चुनाव होस् वा अन्य चुनावका समयमा नेपालमा पनि सञ्चार माध्यम र सञ्चारकर्मी टाढा हुन सकेका छैनन् ।
विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक भनेर गर्व गर्ने भारतमा पत्रकारिता पनि पुरानै हो । व्यवसायिक पत्रकारिताका विषयमा एसियाका अन्य देश भन्ला भारत अगाडी नै रहेको पाइन्छ । यस अर्थमा भारतमा पत्रकारहरु धेरै पुराना छन्, व्यवसायिक छन्, शिक्षा तथा सीप जस्ता अनिवार्य कुरामा पनि धेरै अगाडि छन् । तर, पनि त्यहाँको पत्रकारिता किन मर्यादित हुन सकिरहेको छैन ? किन पत्रकारमाथि दलाली गरेका गम्भिर आरोप लाग्ने गर्दछ । भारतमा जस्तै अहिले हाम्रो मुलुकमा पनि पत्रकारितामाथि चौतर्फी आक्रमणका श्रृंखला दिनप्रतिदिन बढ्दै गइरहेका छन् । राज्य संयन्त्र नै पत्रकारमाथि नियोजित रुपमा बदनाम र आक्रममा अघि सरेपछि अन्य क्षेत्र पनि त्यसको पछाडी पछाडी लाग्दै बदनाम गराउन तल्लिन छ । तर, यो परिस्थिति आउनुमा स्वयं पत्रकार पनि जिम्मेवार छन् । पछिल्लो समय प्रविधिको विकाससँगै सञ्चार माध्यमहरुको विकास तीव्र विकाससँगै पत्रकारिता जगतमा पनि अनेकखालका चुनौति र समस्या देखा परेका छन् ।
प्रत्येक आम नागरिकको हातमा मोबाइल छन् । ती मोबाइलबाट खिचिएका फोटो भिडियोबाट युुट्युबमा राख्दै समाचारको रुप रंग दिदा विभिन्न भ्रम सिर्जना भएका छन् । ती भ्रम र गलत भाष्यलाई समयमै चिर्न नसक्दा श्रमजीवी पत्रकारमाथि बेलाबेलामा प्रश्न उठ्ने गरेका छन् । तर, सबै पत्रकार इमान्दार भने छैनन् । पत्रकारिताको आडमा गलत क्रियाकलाप गर्दै बदनाम बनाउन पनि तल्लिन छन् । पछिल्लो समय पत्रकारलाई आफू अनुकुल प्रयोग गर्ने समूह नै लागेका छन् ।
हरेक युगमा ढाल बनाएर सञ्चार माध्यमहरुलाई प्रयोग गरियो । हरेक राजनीतिक, सामाजिक, धार्मिक र आर्थिक सत्ताहरुले आफ्नो औचित्य सावित र अर्काको तेजबोध गर्न मिडियाको सहारा लिने गर्दछन् । त्यसमा पनि सत्ताको मूल परिचालन राजनीतिबाट हुने हुँदा शासनको लगाम समात्ने जोकोही मिडियाप्रति संवेदनशील हुन्छ । जोसँग मिडिया हुँदैन त्यसको हातमा सत्ता पनि रहदैन र टिक्न पनि सक्दैन भन्ने धेरै उदाहरण छन् । त्यसले सत्ता र शासकतर्फ आम संचार जगत गम्भिर नहुँदा भारतमा ‘पत्रकारो दलाली छाडो, दलालो पत्रकारिता छोडो’ भन्ने नारा बेलाबेलामा त्यसै लाग्ने गरेको होइन । पत्रकारितालाई समाजको ऐना मानिन्छ ।
अझ पहिलेको समयमा त्यो परिभाषा पनि अपुग भएको छ र ऐना ऐना भनेर जे छ त्यही देखाउनु मात्रै पत्रकारिता होइन भन्ने अवधारणा धेरै अगाडि बढिसकेको छ । पत्रकारिताले ‘वाच डग’ को भूमिका निर्वाह गर्नुपर्छ भनेर यसका अग्रजहरुले सदियौदेखि सिकाउन थाले पनि तेस्रो विश्वका भनिने हाम्रो जस्तो मुलुकमा यसले त्यस अनुकुलको व्यवहार गर्न सकेको देखिदैन । पत्रकारिता पेशाको संवेदनशीलता, मर्यादा र गहनता महसुस गरेर यसलाई सम्मानित स्थान दिने गरिन्छ । साथै यस पेशाले आफ्नो गरिमा कायम गर्न सकोस् र व्यक्तिका रुपमा पत्रकारलाई नैतिक आचारयुक्त बनाउन सकियोस् भनेर पत्रकार आचारसंहिता र सचेत हुन सकेन भने कागजमा लेखिएको आचारसंहिताले बिहान बेलुका सधै झस्काउनेछ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij