२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

बुटवल उद्योग वाणिज्य संघको सचिवमा सूर्य पराजुलीको उम्मेदवारी घोषणा 

सोमवार , फाल्गुण १०, २०७७

बुटवल, १० फागुन । 
बुटवल उद्योग बाणिज्य संघको सचिव पदमा युवा उद्योगी सूर्य पराजुलीले उम्मेदवारी दिने घोषणा गरेका छन् । बुटवलमा रहेर झण्डै दुई दशकदेखि विभिन्न उत्पादनको बजारीकरण र व्यवसायमा संलग्न पराजुलीले संघमा रहेर उद्योगी व्यवसायीको हितमा काम गर्ने उद्देश्यले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।  नेपाल बजार विक्रि प्रतिनिधि संघका केन्द्रीय अध्यक्ष समेत रहेका पराजुलीले आफूले उद्योगी व्यवसायीका समस्या नजिकबाट बुझेको हुँदा सचिव पदमा उममेदवारी दिएको बताउँछन् ।  

पराजुली कुसुम फुड प्रोडक्टस् (कुसुम चिया), भवानी ट्रेड एण्ड सप्लायर्स, सूर्य मसला उद्योग, न्यु कुसुम फुड प्रोडक्ट्स, सूर्य फुड प्याकेजिङ उद्योगका सञ्चालक हुन् । पराजुलीले बुटवल उद्योग वाणिज्य संघलाई सबैखाले उद्योगी व्यवसायीको साझा र सबैको प्रतिनिधित्वमूलक संस्था बनाउन आफ्नो उममेदवारी रहेको  बताएका छन् । आफूले संघको संस्थागत विकास र संघले आयोजना गर्ने मेला महोत्सवमा पनि सक्दो आर्थिक सहयोग गर्दै आएकाले मतदाताले आफूलाई विजयी बनाएर काम गर्ने अवसर दिने पराजुलीको विश्वास छ । 

संघको आगामी नेतृत्वका लागि आज उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ । संघको अध्यक्षमा वरिष्ठ उपाध्यक्ष उज्ज्वल कसजू र वाणिज्य उपाध्यक्ष हरि अर्यालले उम्मेदवारी दिने तयारी गरेका छन् । अर्यालले उम्मेदवारी घोषणा गरिसकेका छन् ।