२०८२, भाद्र ९ गते

Aug 25 2025 | २०८२, भाद्र ९ गते

बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा

शनिवार , जेठ ५, २०८१

  • 709
    Shares
  • 709
    Shares
  • बुटवल, ५ जेठ ।
    रुपन्देहीको बुटवल उपमहानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरिएको छ । शुक्रबार एक कार्यक्रमकाबीच जिल्ला खोप समन्वय इकाईबाट प्राप्त पत्रअनुसार नगरप्रमुख खेलराज पाण्डेयले बुटवल पूर्ण खोप दिगोपना सुनिश्चित भएको घोषणा गरेका थिए । उनले बुटवललाई स्वास्थ्य क्षेत्रमा अब्बल बनाउनका लागि आवश्यक काम भइरहेको बताए । 

    यसअघि जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाइँले बुटवलले सबै सूचकहरु पूरा गरेर पूर्ण खोप सुनिश्चित भएको बताउँदै बुटवललाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए । 

    उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलले समयमै सबै सूचकहरु पूरा गरेको र आगामी दिनमा पनि खोपको सुनिश्चित गर्ने बताइन् । 

    पहिलो चरणमा पालिकाका सबै वडालाई पूर्ण खोप सुनिश्चितता गरिएको र हाल सोही तथ्यांक र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले बताए ।  

    स्वास्थ्य शाखाले दिगोपना र पूर्ण खोप सुनिश्चितताका लागि हरेक वर्ष चैतमा नियमित खोपको घरभेट सर्वेक्षण गरी उमेरअनुसार खोप पाए÷नपाएको यकिन गरेर खोप लगाउन छुटेको पाइएमा खोप दिने प्रक्रियाअनुरुप खोप दिने व्यवस्था गरेको छ । सबै शर्तहरू पूरा गरी बुटवललाई पूर्ण खोप सुनिश्चितता उपमहानगरपालिका घोषणा गरिएको हो ।