२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

कांग्रेस क्षेत्रीय सचिव भट्टराईले फहराए ‘एबीसी’ मा झण्डा

बुधवार , जेठ ९, २०८१

भैरहवा, ९ जेठ ।
नेपाली कांग्रेस क्षेत्र नम्बर ३, रुपन्देहीका सचिव लेखनाथ भट्टराईले अन्नपूर्ण बेस क्याम्प ‘एबीसी’ मा पुगेर पार्टीको झण्डा फहराएका छन् । उनले कांग्रेसको झण्डासँगै नेपालको राष्ट्रिय झण्डा पनि फहराएका छन् । ‘कास्कीको घान्दु्रकबाट तीनदिन पदयात्रामार्फत एबीसी पुगियो, पार्टीको चारतारे झण्डासँगै नेपालको राष्ट्रिय झण्डा फहराउन पाउँदा खुसी र गर्वको अनुभुति भयो, ’उनले भने । कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्ने अन्नपूर्ण बेस क्याम्पको उचाई ४ हजार १ सय ३० मिटर छ ।

कांग्रेस रुपन्देही–३ का प्रवक्ता समेत रहेका भट्टराईले नेपालको प्रसिद्ध पर्यटकीय गन्तव्य एबीसीमा पाइला टेक्न पाउँदा गौरवान्दित महसुस गरेको बताए । गत वैशाख महिनामा आफ्ना दुई छोरासँगै उनी एबीसी पुगेका थिए ।

WhatsApp Image 2024-05-21 at 3.37.57 PM.jpeg

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ मा बस्दै आएका ४३ वर्षिय भट्टराई भैरहवा बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को पूर्व सभापति तथा नेपाल विद्यार्थी संघ (नेविसंघ) का पूर्व केन्द्रीय सदस्य समेत हुन् । पर्वत जिल्लामा जन्मेका भट्टराई २०५१ सालदेखि कांग्रेसमा आबद्ध भइ राजनीति क्षेत्रमा क्रियाशील रहेको बताउँछन् ।