२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

बुद्धजयन्ती मनाउन प्रधानमन्त्री प्रचण्ड लुम्बिनीमा, पूर्वसंध्यामा चित्रकला प्रदर्शनी

बुधवार , जेठ ९, २०८१

लुम्बिनी, ९ जेठ ।
२५६८ औं बुद्धजयन्ती तथा लुम्बिनी दिवस समारोहमा सहभागी हुनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार साँझ बुद्ध जन्मस्थल लुम्बिनी आइपुगेका छन् । 
लुम्बिनी विकास कोषले बिहीबार बिहान ९ बजे बुद्धजयन्ती तथा लुम्बिनी दिवस २०८१ समारोहको आयोजना गर्दैछ । प्रधानमन्त्री प्रचण्डसहित उपप्रधान तथा परपराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री हितबहादुर तामाङ, लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा लुम्बिनी आइपुगेका छन् । प्रधानमन्त्री प्रचण्डसहित मन्त्री र मुख्यमन्त्रीलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले स्वागत गरेका हुन् । 

WhatsApp Image 2024-05-22 at 7.30.18 PM.jpeg

बुद्धजयन्तीको पूर्वसंध्यामा लुम्बिनीमा आयोजित साँस्कृतिक तथा चित्रकला प्रदर्शनी कार्यक्रममा सरिक भएका छन् । भारतीय दुतावासले लुम्बिनी विकास कोषसँगको सहकार्यमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले गौतमबुद्धको शिक्षामा सदभाव र शान्तिको सन्देश रहेको बताए । उनले बुद्धको शास्वत अहिंसा, करुणा र आन्तरिक शान्तिको सन्देश वर्तमान विश्वमा झन् सान्दर्भिक हुँदै गएको बताए । ‘बुद्धको शिक्षाको विश्वासपूर्ण अनुसरणले व्यक्ति, समुदाय र राष्ट्रहरूबीच विवाद समाधान गर्न र सद्भाव फैलाउन मद्दत गर्नेछ’ प्रधानमन्त्रीले भने । उनले आफू लुम्बिनी आउँदा सधै खुसीको अनुभुति हुने गरेको बताउँदै बुद्धको शिक्षा मानवजातीकै लागि कल्याणकारी रहेको बताए । 

प्रधानमन्त्री प्रचण्डले साँस्कृतिक सम्पदाको प्रदर्शनका लागि गरिएका अथक प्रयासप्रति धन्यवाद व्यक्त गर्दै कलाकारहरूको सिर्जनशीलता प्ररेणादायी रहेको बताए  । उनले नेपाल–भारत सम्बन्धको सन्दर्भमा साँस्कृतिक आयामले विशेष स्थान ओगटेको बताउँदै प्रधानमन्त्रीले दुई देशका जनतालाई प्राचीन कालदेखि नै सांस्कृतिक आयामले नजिक राखेको बताए । 

परस्पर समझदारी, विश्वास, सम्मान र सहयोगले नेपाल–भारत प्राचीन कालदेखि चलेको बहुआयामिक सम्बन्धलाई परिभाषित गर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले भौगोलिक निकटता र विभिन्न तहमा बढ्दो क्रस–सेक्टोरल र बहुपक्षीय संलग्नताद्वारा अझ बलियो बनाइएको स्पष्ट पारे । 

कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले बुद्ध जन्मस्थल लुम्बिनी विश्व शान्तिको स्थापना गर्ने भूमि समेत रहेको रहेको बताए । उनले प्रधानमन्त्रीको उपस्थितिमा बुद्ध जन्मस्थलमा मनाईने बुद्धजयन्तीले विश्वभरका बौद्ध सम्प्रदायमा सदभाव, शान्ति र सुखको सन्देश जाने बताए । उनले बुद्ध दर्शनको जन्मभूमि समेत लुम्बिनी भएकाले विश्वभरका एक करोड बढी बौद्धमार्गीहरुलाई अगुवाइ गर्ने गरी बुद्ध जयन्तीलाई उत्सवका रुपमा मनाउनुपर्नेमा जोड दिए । उपाध्यक्ष डा. लामाले शान्तिको मूल श्रोत नै बुद्ध दर्शन भएकाले यसको अनुसरण आजको आवश्यकता बनेको बताए । 

कार्यक्रममा नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले बुद्धजयन्तीको पूर्वसंध्यामा लुम्बिनीमा साँस्कृतिक र चित्रकला प्रर्दशनी गरेर विश्वभर शान्ति र सदभाव बाड्न पाएकोमा खुसी व्यक्त गरे । वेविबुद्ध स्थलमा आयोजित साँस्कृतिक तथा चित्रकला कार्यक्रममा नेपाल र भारतका कलाकारहरुले विभिन्न संगीतहरु प्रस्तुत गरेका थिए ।

WhatsApp Image 2024-05-22 at 7.30.31 PM.jpeg
WhatsApp Image 2024-05-22 at 8.15.09 PM.jpeg
WhatsApp Image 2024-05-22 at 7.30.32 PM.jpeg