२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.लामाद्वारा अग्नीपीडितलाई खाद्यान्न सहयोग

शनिवार , जेठ १२, २०८१

लुम्बिनी, १२ जेठ ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका क्षेत्रभित्रका आगलागी पीडितहरुलाई खाद्यान्न सामग्री सहयोग गरेका छन् । 
नगरभित्रका विभिन्न वडाहरुमा रहेका ११ जना अग्नीपीडित स्थानीयहरुलाई खाद्यान्न सामग्री सहयोग गरिएको डा. लामाको सचिवालयले जनाएको छ । गत महिना यहाँ भएको आगलागीमा ११ जनाको घर जलेर नष्ट भएको थियो ।  

अग्नीपीडित सर्वसाधारणहरुलाई दैनिक उपभोग्यका सामानहरु दाल, चामल, नुन, तेल लगायतका सामाग्री हस्तान्तरण गरिएको थियो । ‘आज म व्यक्तिगत रुपमा सानो सहयोगको सुरुवात गरेको छु, आगामी दिनमा स्थानीयसँगको सहकार्यमा लुम्बिनी विकास कोषले योजना बनाएर काम गर्नेछ’ डा.लामाले भने ।  

लुम्बिनी विकास कोषको उपाध्यक्षको जिम्मेवारी सम्हालेसँगै कोषको मात्र नभएर लुम्बिनी साँस्कृतिक नगरपालिका क्षेत्रका स्थानीयहरुको समस्यालाई समेत एक साथ लिएर अघि बढेको उनले बताए । स्थानीयहरुको सहयोगबाट नै लुम्बिनी बिकास कोष बन्न सकेको बताउँदै स्थानीयका हरेक समस्यामा कोष साथमा रहेको उपाध्यक्ष डा. लामाले बताए । 

कोषले स्थानीयबासीका लागि शिक्षा, स्वास्थ्य, खानेपानी, खेलकुद लगायतका क्षेत्रमा आगामी दिनमा सहकार्य गरेर काम गर्दै जाने उनले प्रतिवद्धता व्यक्त गरे । बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रमा रहेको क्रिकेटको क्रेजलाई राष्ट्रियस्तरमा जोडनका लागि सहकार्य गर्ने उनको भनाइ छ ।