२०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

भूमिव्यवस्था मन्त्री डा. शिवमाया तुम्बाहाङफेद्वारा लुम्बिनीको अवलोकन

मंगलवार , फाल्गुण ११, २०७७

  • 5.2K
    Shares
  • 5.2K
    Shares
  • भैरहवा, ११ फागुन ।
    भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङफे, लुम्बिनी प्रदेशसभा उपसभामुख कृष्णी थारुसहितको टोलीले सोमबार बुद्ध जन्मस्थल लुम्बिनीको अवलोकन गरेका छन् । उनीहरुलाई लुम्बिनी विकाष कोषका कोषाध्यक्ष सुरेन्द्रमनि शाक्य, सदस्य सचिव सानुराजा शाक्य, प्रशासन महाशाखा प्रमुख ज्ञानिन राई लगायतले लुम्बिनीमा स्वागत गर्दै लुम्बिनी गुरुयोजना र कोरोना कहरपछिको अवस्थाको बारेमा जानकारी गराएका थिए ।

    सो अवसरमा मन्त्री तुम्बाहाङफेले लुम्बिनी गुरुयोजनाको बारेमा चासो राख्दै पाँच हजार मान्छे अटाउने क्षमता भएको निर्माणाधिन अन्तर्राष्ट्रिय बौद्धिस्ट ध्यान केन्द्र, मायादेवी मन्दिर, विभिन्न बिहारहरुको अवलोकन गर्नुभएको कोषका सूचना शाखाका अधिकृत राजन बस्नेतले बताए ।