२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

नेपालको राजनीतिक चरित्र

सोमवार , जेठ १४, २०८१

राजतन्त्र, राणातन्त्र, प्रजातन्त्र असफल भएको देशमा उदारवाद प्रजातन्त्रको नाममा बहुलवादको जन्म हुन्छ, जुन सैद्वान्तिक पनि हो । जसमा पूँजीपति, पत्रकार, कर्मचारी, बुर्जुवाहरु हावी हुँदै जान्छन् । नेपालमा पनि यही हुँदैछ । तर, यसको आयु छाडिक हुने जस्तो देखिन्छ । किनकी केही राजनैतिक दलालहरु पनि यही मौका हो भनी सबैथोक गर्ने र आफ्नो घटिया चरित्र, प्रवृत्ति हावी गराउँदै जान्छन् । वितृष्णा फेरि मौलाउन्छ र यसको अन्तिम परिणाम भने, पुरानैको हालीमुहाली पुनरावृत्ति हुने सम्भावना प्रबल हुन्छ । र, देशलाई लुट्ने, आफ्नो कुर्सी बचाउने, भोट बैंक इत्यादि घटिया खेलचक्र चल्दै जान्छ । र जनताको भावना फेरि लत्ताइन्छ, दुर्भाग्य हामी नेपालीको र राजतन्त्र, राणातन्त्र, र प्रजातन्त्र यी संवैधानिक राजनीतिक व्यवस्थाहरू तीनवटै भिन्न प्रकारका हुन्, तर तिनी एक चक्रमा छन् ः सत्ता, शक्ति लोभ र उदारवादको नाममा राजनैतिक अस्तित्व प्रवृत्ति ।

राजनीतिक दलहरूमा, पूँजीपति, पत्रकार, कर्मचारी र बुर्जुवाहरूले यो खेलमा भाग लिएको छन्, जसले उदारवाद र प्रजातन्त्रको नाममा बहुलवादको जन्म लिन्छ । यसले सामाजिक असमानता, अधिकारको प्रदान र समानताको अभावको कारण प्रजातन्त्रलाई न्याय सम्बोधन गर्न सक्ने अवस्थामा ल्याउन सक्छ । तर, विडम्बना, यहाँ, केही राजनैतिक पात्रहरूले आफ्ना घटिया चरित्र र प्रवृत्ति पुरानै परिपाटी देखाउँदैछन् । यसले विशेषतः नेपालको अर्थतन्त्रलाई मात्रै नभइ पुरै समाजलाई नै अवरुद्ध राखेको छ । जसले देशलाई विशेष तरिकामा प्रभावित गर्दछ । परिणामस्वरूप, जनताको भावनात्मक आघात दिनदिनै बढ्दै जान्छ । नेपालको राजनीतिक परिप्रेक्ष्य विपरीत दिशामा गएको देखिन्छ । जसले देशलाई आगामी दिनमा पनि विभाजन र अस्थिरतामा लैजान सक्छ ।

यसले गर्दा, हामीले समाजको सामाजिक समानतामा प्रवेश गर्ने आवश्यकता छ । नेपालको समृद्धि र विकासको लागि, हाम्रो राजनीतिक प्रक्रियाहरूलाई न्याय सम्बोधन गर्नुपर्छ र उनीहरूलाई जनताले निर्वाचन गरेको प्रतिनिधित्वमा साधारण शिक्षित जनता र असल चरित्रको आवश्यकता छ । यसरी, हामी सामूहिक रूपमा पुनरावृत्ति गर्ने सम्भावनाबाट जोगिन सक्छौं र देशलाई नयाँ दिशा प्रदान गर्न सक्छौं जस्तो लाग्छ ।

अन्तिम, तर यसो हुनका लागि दलाल राजनैतिक प्रवृत्ति र चरित्रलाई लत्याउनेबाहेक अरु विकल्प देखिदैन । संवैधानिक प्रक्रियाहरूमा यस्ता चरित्र र प्रवृत्ति, विपरीतता र संकटको सामना गर्न सकिए मुलुक अझै जटिल अवस्थामा पुग्न सक्छ । यसकारण उल्लेखित विधि विधान र योजनाहरू अत्यन्त जरुरी छन् भन्ने सावित गर्दछ । नेपाल जस्ता देशहरूले यस्ता विपरीत समाज र अर्थतन्त्रलाई सुधार्न सक्ने गरी उदारवादी प्रजातन्त्रिक तर असल चरित्र अपनाउनु अपरिह्रय देखिन्छ । राष्ट्रहित सर्वोपरि, जय नेपाल ।

लेखक राष्ट्रिय स्वतन्त्र पार्टी लुम्बिनी प्रदेश उद्योग तथा वाणिज्य विभाग प्रमुख तथा गृह मन्त्रालय समन्वय टीम सदस्य हुन् । उनी २०७९ सालमा सम्पन्न निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार थिए ।

(लेखमा राजतन्त्र, राणा शासन र प्रजातन्त्रको असफलतापछि जन्मेको उदारवाद प्रजातन्त्रको विश्लेषण र आफ्नो बुझाइको बारेमा लेखकले राजनैतिक जिज्ञासा राखेको बताउँछन् । उनका अनुसार यो विशेष विषय नेपाल जस्ता देशहरूमा अत्यन्त महत्वपूर्ण छ, किनभने यो संविधानिक राजनीतिक व्यवस्थामा सर्वाधिक प्रभावी हुन्छ । लेखकको विशेष विचारको आधारमा अहिलेको राजनैतिक अवस्था र यसको पर्ने प्रभावलाई उजागर गर्ने जमर्को गरिएको छ ।)