
बुधवार , जेठ १६, २०८१
भैरहवा, १६ जेठ ।
ड्रिम क्रिएसन इभेन्ट म्यानेजमेन्ट भैरहवा, रुपन्देहीको आयोजनामा मंगलबार बृहत साँस्कृतिक साँझ तथा सडक खाना महोत्सव ‘म्यूजिक फेस्टिबल’ सम्पन्न भएको छ । गणतन्त्र दिवसको अवसरमा भैरहवास्थित मिलन चोक (शिव मन्दिर अगाडि) कार्यक्रम गरिएको ड्रिम क्रिएसन इभेन्ट म्यानेजमेन्टका अध्यक्ष रवि कुमार जैसवालले बताए ।
कार्यक्रमको उद्घाटन गर्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँले यस्ता कार्यक्रम समयसमयमा आयोजना गर्नुपर्ने बताए । उनले भैरहवा पर्यटकीय नगर भएको बताए । उनले भने, ‘सडकमा रहेका फूलहरुले सौन्दर्यता बढाउने भएकाले म सबैलाई फूल नटिप्न आग्रह गर्दछु । ’ नगरप्रमुख खाँले घरमा पालेका गाईगोरुलाई जथाभावी सडकमा छाडिदा दुर्घटनाको जोखिम बढेकाले सडकमा नछाड्न आग्रह गरे । उनले फोहोरमैला व्यवस्थापनका निम्ति नगरपालिका लागिपरेको बताए ।
त्यस्तै सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठ, ६ का वडाअध्यक्ष विरेन्द्रनाथ श्रीवास्तव, चेम्बर अफ कमर्स (उद्योग व्यापार संगठन, रुपन्देही) का अध्यक्ष दर्पण श्रेष्ठलगायतले बोल्दै यस्ता कार्यक्रमले स्थानीय कलाकारलाई प्रोत्साहन गर्ने बताए ।
ड्रिम क्रिएसन इभेन्ट म्यानेजमेन्टका अध्यक्ष रवि कुमार जयसवालको अध्यक्षता, सिद्धार्थनगर–५ का अध्यक्ष पुरन प्रसाद श्रेष्ठको स्वागत तथा ड्रिम क्रिएसन इभेन्ट म्यानेजमेन्टका सचिव विशाल श्रीवास्तवको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा दर्शकको उत्साहजनक उपस्थिति भएको कार्यक्रम संयोजक दिपेश गुप्ताले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij