२०८२, भाद्र २५ गते

Sep 10 2025 | २०८२, भाद्र २५ गते

कामना सेवा विकास बैंकद्वारा विद्यालयलाई सहयोग

मंगलवार , फाल्गुण ११, २०७७

  • 4.0K
    Shares
  • 4.0K
    Shares
  • भैरहवा, ११ फागुन । 
    कामना सेवा विकास बैंक लिमिटेड भैरहवा शाखाले विद्यालयलाई सहयोग गरेको छ । बैंकले रुपन्देहीको सियारी गाउँपालिका–५ स्थित श्री विरेन्द्र माध्यमिक विद्यालय दृष्टिबिहिन श्रोत कक्षा भवन निर्माण उपभोक्ता समितिलाई १० वटा लो बेड प्रदान गरेको हो ।

    सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालय दृष्टिबिहिन श्रोत कक्षा भवन निर्माण उपभोक्ता समितिलाई मंगलबार एक कार्यक्रमकाबीच ८५ हजार रुपैयाँ बराबरको लो बेड प्रदान गरिएको बैंकका भैरहवा कलस्टर प्रमुख तुल्सी आचार्यले बताए ।

    कार्यक्रममा बैंकका निर्देशक भीम प्रसाद चुलाचन, सियारी गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य देवकी खनाल, भवन निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष भिमराज आचार्य, विद्यालयका प्रअ कृष्ण प्रसाद चौधरी लगायतले बोल्दै शिक्षा क्षेत्रको विकासको लागि सहयोगलाई निरन्तरता दिनुपर्ने बताए ।