२०८२, फाल्गुण १० गते

Feb 22 2026 | २०८२, फाल्गुण १० गते

सिद्धार्थनगरको ५ र १३ ‘पूर्ण संस्थागत प्रसुती सेवायुक्त वडा’ घोषणा

शुक्रवार , जेठ १८, २०८१

  • 976
    Shares
  • 976
    Shares
  • भैरहवा, १८ जेठ ।
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको वडा नम्बर ५ र १३ ‘पूर्ण संस्थागत प्रसुती सेवायुक्त वडा’ घोषणा भएको छ । आवश्यक सबै मानक पूरा गरी दुवै वडा पूर्ण संस्थागत प्रसुती सेवायुक्त वडा घोषणा भएको हो । शुक्रबार दुवै वडाद्वारा संयुक्त रुपमा आयोजित कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले वडा नम्बर ५ र १३ पूर्ण संस्थागत प्रसुती सेवायुक्त वडा घोषणा गरे ।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगरप्रमुख खाँले वडाबासी, कर्मचारी, स्वंयसेविका लगायत सबैको सहयोगले दुवै वडालाई एक साथमा घोषणा गर्न पाइएको बताए । दुवै वडाका महिलाहरु गर्भवती भएदेखि लिएर सुत्केरी हँुदासम्म नियमित जाँच गराउने, अस्पतालमा सुत्केरी हुने लगायत सबै मानक पूरा गरेर आफ्नो वडालाई घोषणा गराउनमा महत्वपूर्ण भुमिका निर्वाह गरेकोमा धन्यवाद व्यक्त गरे । उनले नगरपालिकाले महिला सशक्तिकरण, रोजगारी लगायतको लागि अधिक कार्यहरु गरिरहेको र गर्दै जाने बताए ।

    समाजसेवी नारायण प्रसाद अग्रवालले दुवै वडा पूर्ण संस्थागत प्रसुती सेवायुक्त घोषणा भएकोमा ठुलो उपलब्धी भएको बताउँदै अन्य वडाहरु पनि छिट्टै घोषणा हुनेमा विश्वास व्यक्त गरे ।
    कार्यक्रमको अध्यक्ष एवं वडा नम्बर ५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठले वडा कार्यालयले महिला लक्षित कार्यक्रम गरिरहेको र महिलाहरु लाभान्वित हुन आग्रह गरे । उनले रोजगारी सिर्जनाका लागि नगरपालिकाको साथै वडाले कार्यक्रमहरु ल्याइरहेको उल्लेख गर्दै कार्यक्रममा समावेश हुन आग्रह गरे ।

    वडा नम्बर १३ का वडाअध्यक्ष सोमबहादुर गुरुङले वडालाई पूर्ण संस्थागत प्रसुती सेवायुक्त वडा घोषणा गराउनका लागि सहयोग गर्ने सबै वडाबासीलाई धन्यवाद व्यक्त गरे ।

    भैरहवा नमूना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आनन्द प्रसाद गुप्ताले महिला स्वास्थ्य स्वयंसेविकाको सेवासुविधा बढाउन आग्रह गरे ।

    सोही अवसरमा वडा नम्बर ५ र १३ को आधारभुत स्वास्थ्य सेवा केन्द्रको इञ्चार्ज प्रकृति खत्री र अनमी सीमा श्रेष्ठलाई प्रमाणपत्रसहित सम्मान गरिएको छ । यस्तै वडा नम्बर ५ का महिला स्वास्थ्य स्वयंसेविका पूजा पाण्डे, राधिका तेली, माया तेली, लक्ष्मी माली र वडा नम्बर १३ का विष्णुमाया शाक्य, सरस्वतीराज भण्डारी, पुष्पा पुन, कविता शर्मा, पुनम शाक्य, विष्णुमाया थापालाई पनि प्रमाणपत्रसहित सम्मान गरिएको छ ।

    वडा नम्बर ५ को वडा सदस्य सरस्वती श्रेष्ठको सञ्चालन, वडा नम्बर १३ को वडा सदस्य सीता बुढापृथिको स्वागतमा सम्पन्न भएको कार्यक्रममा नगरपालिकाका प्रशासन प्रमुख देव प्रसाद ज्ञवाली, स्वास्थ्य शाखा प्रमुख गीतादेवी न्यौपाने लगायतले मन्तव्य राखेका थिए ।