
आइतवार , जेठ २०, २०८१
भैरहवा, २० जेठ । रुपन्देहिकी निशा (नाम परिवर्तन) अहिले १४ वर्षकी भईन । उनी कक्षा ९ मा पढ्छिन् । उनी असाध्यै मेहनती र जेहेन्दार बिद्यार्थी हुन्। आमा बुबाकी एक्ली सन्तान निशाका बुबा आमा दुबै जागिरे छन् । उनिहरु कामबाट घर आँउदा प्रायः राती हुने गर्दछ । निशा घरमा एक्लै हुन्छिन । उनले साथीहरु पनि एकदमै कम बनाउने गर्छिन ।
तर, उनको धेरै मिल्ने साथी भनेको मोबाईल हो । उनी एक्लै हुँदा मोबाईल हेरेर समय बिताउने गर्छिन् । तर, अहिले केहि समयबाट उनको व्यवहार र पढाईमा परिवर्तन आएको छ। केहि महिनादेखि उनी टोलाउने, रिसाउने, झिज्झीने, भनेको नमान्ने, एक्लै बस्न रुचाउने, मोवाइलमा धेरै समय बिताउने र स्कूल क्रियाकलापमा अरुची देखाउने, आफ्नो शरिरमा आफैले घाउ बनाउने जस्ता असाधारण व्यवहारहरु देखा परेका छन् ।
उनको व्यवहारमा एकाएक रुपमा असाधारण परिवर्तन आएपछि बिद्यालय र अभिभावकको सल्लाहमा मनोपरार्मशदाता रन्जु शार्मासंग भटेर परार्मश सुरु गरिएको छ । शर्मासंगको परामर्श उनी भन्छिन्–‘मलाई के भएको छ मलाई थाहा छैन, कसैले पनि माया गदैनन्, मन पराउदैनन् ।’
उनी थप भन्छिन् –‘घरमा पनि म एकलै बस्छु, बाबा आमा राति मात्र आउनु हुन्छ। स्कुलबाट घर आएपछि पनि घरमा एक्लै बस्छु । मेरो एउटा कक्षा १ देखि सगैं पढेको मिल्ने साथी थियो, आज भोलि उसले पनि मलाई वास्ता गर्दैन, उसले अर्को साथी बनाएको छ ।’
परार्मशदाताबाट शर्माका अनुसार निशाले आफूलाई एक्लो महसुस गरेकि रहेछिन् । उनलाई मनोरोगको लक्षण देखिन सुरु भएको रहेछ।निशा एउटा उदाहरण पात्र मात्र हुन् । पछिल्लो समय बालबालिकामा यस्ता खालका मानिसक समस्या निकै बढ्दै गएको मनोपरामर्शदाता शर्माको भनाई छ ।
बालबालिकामा मानसिक समस्या देखापर्ने कारणहरु उसको वरपरको वातावरण, पारिवारिक माहोल र विद्यालयको माहोल आदि हुन सक्छन्, शर्माले भनिन् मानसिक स्वास्थ्यमा समस्या आएका बेला विद्यालय वा घरपरिवारमा तनावजन्य वातावरण छ भने बच्चामा चिन्ता,उदासी लगायतका विभिन्न मानसिक स्वास्थ्य समस्याहरु देखा पर्ने गर्दछ । समयमा नै यस्ता समस्यालाई समाधान तर्फ ध्यान नपुर्याए बच्चाहरूमा कडा खालका मानसिक रोगहरू पनि देखिने खतरा हुने उनको भनाई छ ।
घरपरिवारमा हुने तनाव, चिन्ता, झैझगडा, हिंसा या दुव्र्यवहारका कारण बालबालिकामा एन्जाइटी र डिप्रेसन जस्ता मानसिक समस्या देखा पर्नसक्ने उनको भनाई छ ।
बालबालिकालाई मानसिक समस्या छ भने यस्तो देखिन्छ संकेत
मनोपरार्मशदाता शर्मा भन्छिन् बालबालिकाले आफ्नो समस्या प्रष्ट रुपमा अभिव्यक्त गर्न सक्दैनन्। उनीहरुमा विद्यालय जान मन नलाग्ने, केही कुरामा डर लागिरहेको महसुस गर्ने, पेट वा टाउको दुखेको छ भन्ने,एक्लै बस्न मन पराउने, मोवाइलमा घेरै समय बिताउने, घेरै रिसाउने, घरभन्दा बाहिर बस्न मन पराउने, धेरै वा कम सुत्ने जस्ता लक्षण देखा पर्छ ।
त्यस्तै बालबालिकाहरुले खुलेर कुरा नगर्ने, जिद्दी गर्ने स्वभाव बढ्दो मात्रामा रहेको भने उनीहरूमा मानसिक समस्या बढेको हुनसक्छ शर्मा भन्छिन् ।
बच्चाले स्कुल जान मन छैन भन्छ भने त्यसरी उसले बहाना नबनाएरआफ्नो समस्या अभिव्यक्त गरेको हुनसक्छ। बच्चाहरुले सामान्य भन्दा फरक ब्यवहार अभिव्यक्त गरिरहेको हुनसक्छ, यस्तो लक्षण देखापरे उनीहरुमा मानसिक समस्या भएको हुन सक्छ ।
यस्ता कुरा आएमा अभिभावकले बुझ्नु जरुरी हुन्छ। बालबालिकाले कुनैसमस्या सुनायो भने त्यसलाई ध्यान दिएर सुन्नुपर्छ । उसले समस्यासुनाएपछि अरू पनि यस्ता समस्या भए मलाई भन भनेर अभिभावकलेप्रोत्सान दिदैं उसका कुरा सुनिदिनुपर्छ ।
अभिभावकले आफ्ना बालबालिकाहरुका लागि दिनमा कम्तीमा पनि आधा घण्टा गुणस्तरिय समय दिन सके उनीहरु भित्रको मानसिक समस्या कम हुदै जान्छ । बिद्यालयमा कतिपय शिक्षकको व्यवहारको कारण पनि बालबालिका मानसिक समस्यामा पर्ने गरेका छन् ।
अभिभावकलाई आफ्नो बच्चाको स्वभाव र व्यवहार थाहा हुन्छ । स्वभाव र व्यवहारमा परिवर्तन आउन थाल्यो भने समस्या छ भन्ने बुझ्नुपर्छ । यसबारे अभिभावक र विद्यालयका शिक्षक र शिक्षीकाहरू पनि बढी सतर्क हुनुपर्ने हुन्छ।
यी कुराले पनि बच्चालाई तनाव हुनसक्छ, बालबालिकालाई अभिभावकले अरूसँग तुलना गर्ने गर्छन् । यसलेबच्चालाई मानसिक रुपमा तनाव दिने गर्दछ। अभिभावकले सबैभन्दाधेरै तुलना पढाइमा गरेको पाइन्छ, जस्तै उसको छोरा त गणित र विज्ञानमा कति राम्रो छ, मेरो बच्चाको त छैन, उसको बच्चाले यति राम्रोग्रेड ल्यायो, मेरोले ल्याएन भन्ने जस्ता कुरा आदि ।
अर्को भनेको मेरो बच्चा सामाजिक छैन, अर्काको बच्चा सामाजिक छ । समुहको अगाडि राम्ररी बोल्छ, मेरो बच्चा बोल्दैन भनेर तुलनागर्न थाल्छन्, जसले बच्चामा तनाव सिर्जना गर्छ र बिस्तारै त्यो तनाव र मानसिक समस्यामा परिणत हुनसक्छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij