२०८३, बैशाख १० गते

Apr 23 2026 | २०८३, बैशाख १० गते

बुटवलमा गृहणी महिला रोजगार कार्यक्रम सुरु

सोमवार , जेठ २१, २०८१

  • 886
    Shares
  • 886
    Shares
  • बुटवल, २१ जेठ । 
    रुपन्देहीको बुटवलमा गृहणी महिलालाई सीप र रोजगारसँग जोड्दै आर्थिक रुपमा सबल बनाउन नगरप्रमुख गृहणी महिला रोजगार कार्यक्रम सुरु भएको छ । महिलाहरुलाई आर्थिक रुपमा सक्षम र सबल बनाउन नगरप्रमुख गृहिणी महिला स्वरोजगार कार्यक्रम अगाडि सारेको हो । 

    कार्यक्रमको सोमबार बुटवल वडा नम्बर ६ बाट शुभारम्भ गरिएको छ । कार्यक्रमको शुभारम्भ गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले महिलालाई सीप र रोजगारसँग जोडेर सबल बनाउनका लागि कार्यक्रम सुरु गरिएको बताए ।

    समानता, स्वाभिमान र अवसर–बस्नयोग्य बुटवल शहरको नारा लिएको बुटवलले घरमै बस्ने गृहिणी महिलालाई स्वरोजगारी बनाउन यो कार्यक्रम अघि सारेको उनले बताए ।
    पहिलो चरणमा नगरका ८ सय जना महिलालाई तालिममा समावेश गर्ने नगरको लक्ष्य रहेको बताउँदै प्रमुख पाण्डेयले तालिम पश्चात हरेक टोलटोलमा गृहिणी महिला स्वरोजगार समिति नै गठन गरेर अगाडि बढाउने बताए ।

    प्रमुख पाण्डेयले महिलाहरुलाई आर्यआर्जनसँग जोड्न सीप नै सबैभन्दा ठुलो माध्यम हो भन्ने अभियान चलाएर बुटवललाई एउटा आर्थिक आर्यआर्जनको उर्जाशील क्षेत्रको रुपमा रुपान्तरण गर्न चाहेको बताए । उनले सीप सकेर महिलाहरुले उत्पादन गरेका सामग्री कोशेली घरको निर्माण गरि विक्रीवितरणको व्यवस्था मिलाइने बताए ।  

    गृहिणी महिला स्वरोजगार कार्यक्रम सञ्चालन कार्यविधि २०७९ अनुसार यो तालिममा सहभागी भएका महिलाहरुले उत्पादन गरेका सामग्री विक्रीका लागि कोशेली घर निर्माण गरी बजारीकरणको व्यवस्था गर्ने उपप्रमुख सावित्रादेवी अर्यालले बताइन् ।

    वडा नम्बर ६ का अध्यक्ष लोकनाथ न्यौपानेले स्थानीयस्तरमा महिलाहरुमा उत्साह बढेको र यसले बुटवललाई सीप र उत्पादनका क्षेत्रमा अगाडि लैजाने बताए ।

    स्थानीय समन्वय संस्था हातेमालो परोपकार केन्द्रकी अध्यक्ष लक्ष्मी खनालले महिलाहरुका लागि ल्याइएको यो कार्यक्रमको सदुपयोग गर्दै सीप सिकेर स्वरोजगार बन्ने बताइन् ।
    वडा नम्बर ६ बाट गुन्द्रुक र मस्यौरा बनाउने तालिम शुरु भएको नगरप्रमुख गृहिणी महिला रोजगार कार्यक्रमका प्रमुख विजयदेव भुर्तेलले बताए ।

    बुटवलमा ७० जना गृहिणी महिलाहरुका लागि चुरा, पोते, टीका बनाउने ४५ दिने तालिम, १०० जना महिलाहरुका लागि १५ दिने गुन्द्रुक, मस्यौरा बनाउने तालिम, १ सय जना महिलाका

    लागि १ महिने दुना टपरी बनाउने तालिम, ६० जना महिलाका लागि विभिन्न जातजातिको भेषभूषा, ड्रेस तयार गर्ने २ महिने तालिम दिने योजना रहेको छ ।

    mahila rojgar (2).jpeg

    त्यस्तै ५० जना महिलाका लागि बटुवा धुपबत्ती बनाउने १५ दिने तालिम, २० जना महिलाका लागि आईसक्रिम बनाउने १५ दिने तालिम, १० जना महिलाका लागि थाकलबाट झोला, टोपी, चकटी, गमला बनाउने १ महिने तालिम, १०० जना महिलाका लागि झिनीया रोटी, सेलरोटी, बटुकरोटी, कोदोको रोटी, सुख्खा रोटी, तावा रोटी, फापरको रोटी र परौठा बनाउने १५ दिने तालिम गरी जम्मा नगरमा रहेका ५१० जना गृहिणी महिलाले तालिम पाउनेछन् ।