
मंगलवार , जेठ २२, २०८१
काठमाडाैं, २२ जेठ । नेकपा एमालेका सचिव योगेश भट्टराईले काठमाडौंका मेयर बालेन्द्र साहले संयमता गुमाउँदै गएको बताएका छन् ।
मंगलवार प्रतिनिधि सभाको बैठकको विशेष समयमा बोल्दै सचिव भट्टराईले यस्तो बताएका हुन् । उनले मेयर साहले एमाले अध्यक्ष ओलीले दिएको तबला उपहार करुणा,प्रेम,सद्भाव र संयमता कायम गर्न भएपनि प्रमुखले संयमता गुमाउँदै गएको बताए । उनले प्रमुख साहले तबेलाको धुनमा काम गर्नुपर्नेमा विपरित रुपमा अगाडि गएकाे बताए । उाले मेयर साहलाई आफू काठमाडौं महानगरपालिकाको प्रमुख हुँ भन्ने नभुल्न चेतावनी दिए । उनले संविधानले नै हरेक व्यक्तिको सीमा र अधिकार तोकेको बताए । उनले काठमाडौं महानगरपालिका र सडक विभागबीच मतभेदहरु उत्पन्नहरु हुँदा दोष एमाले र एमालेका अध्यक्षले बोक्नुपर्ने ? भन्दै प्रश्न गरे ।
उनले महानगरपालिकामा प्रमुखको निर्वाचन जित्दा एमाले आशावादी भएको बताए । उनले काठमाडौं महानगर मुलुकको राजधानी भएकाले महानगरपालिका जनप्रतिनिधि नेपालको सभ्यताको प्रतिनिधित्व गर्ने बताए । उनले ऋषीमुनी र बुद्धले बनाएको सभ्यातामाथि मेयरले धावा बोल्न थालेको बताए । उनले २०५४ सालमा एमालले महानगरपालिकाको निर्वाचन जितेपछि काठमाडौंलाई सभ्य शहर बनाउने सफा शहर बनाउने र वैकल्पिक बाटोहरु खोल्नको निम्ति वागमती,विष्णुमति,मनोहरा करिडोर बनाएको बताए । उनले एमालले महानगरको नेतृत्व गर्दा काठमाडौंको भूकम्पपछिको निर्माणमा उल्लेख्य भुमिका खेलेको बताए । उनले रानीपोखरी,कमलपोखरी,दरबार स्कुल,काठमाडौं दरबार स्क्वायर पुनर्निर्माण एमालेले गरेको भन्दै गकाठमाडौं महानगरका प्रमुखलाई सहयोग गर्न एमाले तयार रहेको बताए । उनले मेयर बोलन काठमाडौलाई थप सुन्दर बनाउन आवश्यक बजेट कति चाहियो योजना ल्याउन आग्रह गरे। उहाँले मेयर साहलाई उतेजना फैल्याएर,उश्रृंखल गतिविधिमार्फत लाखौं युवाहरुले भविष्य,सपनालाई धोका नदिन आग्रह गर्नुभयो । उहाँले मेयरले नेताहरु जेल बसेको कुरालाई खिसिट्युरीका रुपमा उडाएकोप्रति दुःख लागेको बताए ।
उनले नेताहरू जेल बसेको कुरालाई खिसिट्युरीका रुपमा उडाएको भन्दै असन्तुष्टि जनाए । उनले देशमा यो व्यवस्था ल्याउनको लागि मरिमेटेका नेता र एमालेको नेतृत्वमाथि गालीगलौज गर्नु आफैँ आकाशतिर फर्किएर थुक्नुजस्तो भएको बताए । उनले नेकपा एमाले अहिलेसम्म भएका हरेक घटनामा छानविनको लागि तयार रहेको बताए । उनले कसैले पनि एमाले माथि कसी लगाउन नपर्ने बताए । उनले महाभारतमा अभिमन्युलाई घेराभित्र राखेर मार्न खोजिएको जस्तै तीन वर्ष एमालेलाई घेरबन्दी गर्न खोजिएको तर आजको आधुनिक एमाले र एमाले अध्यक्ष केपी ओली आजको अभिमन्यु भएको दाबी गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij