२०८३, आश्विन ८ गते

Sep 24 2026 | २०८३, आश्विन ८ गते

न्यौपानेलाई शुभकामना दिदै रेग्मीले भने-काँग्रेसलाई बलियो बनाउन सक्रिय रहन्छु

बिहिवार , आश्विन ८, २०८३

  • 367
    Shares
  • 367
    Shares
  • भैरहवा, ९ असोज । नेपाली काँग्रेसको १५ औं महाधिवेशनअन्तर्गत सिद्धार्थनगर नगरपालिकाको सभापतिका प्रत्यासी संजीव शर्मा रेग्मीले आफ्नो राजनीतिक यात्रामा साथ, सहयोग, सद्भाव, विश्वास र हौसला प्रदान गर्ने सम्पूर्णप्रति आभार व्यक्त गर्नुभएको छ ।

    यस यात्राका क्रममा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण अग्रज नेता, प्रतिनिधि, क्रियाशील सदस्य तथा शुभेच्छुकहरूप्रति उहाँले आभार व्यक्त गर्नुभएको हो ।

    रेग्मीले निर्वाचित नगर सभापति देवराज न्यौपानेसहित सिंगो नगर कार्यसमितिले सबैको भावना र सुझावलाई समेट्दै नेपाली काँग्रेसको संगठनलाई थप सुदृढ र एकताबद्ध बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।

    आगामी स्थानीय तहको निर्वाचनमा पार्टीलाई जनताको विश्वास प्राप्त गराउने दिशामा नयाँ कार्यसमितिले प्रभावकारी भूमिका निर्वाह गर्ने उहाँको अपेक्षा छ । उहाँले नवनिर्वाचित नगर सभापति न्यौपानेसहित नगर कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिनुभएको छ ।

    ‘पार्टीको गौरवशाली इतिहास, लोकतान्त्रिक मूल्य–मान्यता र जनताको सेवाप्रतिको प्रतिबद्धतालाई आत्मसात् गर्दै आगामी दिनमा पनि काँग्रेसको संगठनलाई बलियो बनाउन आफ्नो ठाउँबाट निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दछु, ’उहाँले भन्नुभयो ।

    बुधबार सम्पन्न काँग्रेस सिद्धार्थनगरको अधिवेशनबाट देवराज न्यौपाने सभापतिमा निर्वाचित हुनुभएको छ । न्यौपाने १५९ मतका साथ निर्वाचित हुँदा उहाँका प्रतिष्पर्धा सभापतिका अर्का उम्मेदवार संजीव शर्मा रेग्मीले १५० मत प्राप्त गर्नुभएको थियो ।