२०८३, आश्विन ८ गते

Sep 24 2026 | २०८३, आश्विन ८ गते

प्रहरी निरीक्षक गुप्ता ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषित

बिहिवार , आश्विन ८, २०८३

  • 223
    Shares
  • 223
    Shares
  • भैरहवा, ८ असोज । जिल्ला प्रहरी कार्यालय, प्युठानले इलाका प्रहरी कार्यालय लुङ्बहानेका कार्यालय प्रमुख (प्रहरी निरीक्षक) राम नारायण गुप्तालाई भदौ महिनाको ‘उत्कृष्ट प्रहरी’ (बेस्ट पुलिस अफ द मन्थ) घोषणा गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय तथा मातहतका युनिटहरुमा कार्यरत प्रहरी कर्मचारीहरुबाट सम्पादित कार्यको उचित मूल्यांकन गरी कार्यसम्पादनको आधारमा प्रहरी निरीक्षक गुप्तालाई उत्कृष्ट प्रहरी घोषणा गरिएको हो ।

    कार्यसम्पादनको स्तरमा प्रभावकारिता एवं थप हौसला प्रदान गर्ने उद्देश्यले दैनिक सम्पादित कार्यलाई समेटी प्रहरी कर्मचारीहरुबाट सम्पादित कार्यहरुको उचित मूल्यांकन गरी उत्कृष्ट ठहरिएका अन्य प्रहरी कर्मचारीलाईसमेत नगद पुरस्कारसहित सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

    कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) नरहरी अधिकारीले सम्मानित प्रहरी कर्मचारीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी र व्यवसायिक ढंगले सेवा प्रवाह गर्न आग्रह गर्नुभयो । उहाँले प्रहरीको व्यवसायिकता, नागरिकसँगको व्यवहार, प्रहरी प्रतिबद्धता र पारदर्शीतालाई विशेष प्राथमिकता दिन मातहतका युनिट प्रमुख तथा प्रहरी कर्मचारीलाई निर्देशन दिनुभयो ।

    त्यस्तै प्युठानका विभिन्न स्थानमा लगातार वर्षा भइरहेको तथा मनसुन सक्रिय रहेको अवस्थालाई मध्यनजर गर्दै सम्भावित विपद् तथा जोखिमबाट बच्न आवश्यक पूर्वतयारी, सतर्कता र सुरक्षा व्यवस्थालाई विशेष प्राथमिकता दिन आवश्यक मार्गनिर्देशन दिनुभयो ।

    कार्यक्रममा उत्कृष्ट कार्यसम्पादनसम्बन्धी भिडियोसमेत प्रस्तुत गरिएको थियो । जसले प्रहरी कर्मचारीलाई आफ्नो जिम्मेवारीप्रति थप उत्साहित र प्रेरित गर्ने उद्देश्य राखिएको कार्यालयले जनाएको छ ।