मंगलवार , जेठ २२, २०८१
भैरहवा, २२ जेठ ।
नेपाल शिक्षक संघ मायादेवी गाउँपालिका कार्यसमिति, रुपन्देहीका उपाध्यक्ष विजय कुमार त्रिपाठीसहित ५६ जनाले सामूहिक राजीनामा दिएका छन् । उनीहरुले सोमबार शिक्षक संघ मायादेवी गाउँपालिकाका अध्यक्ष राजेशमणि त्रिपाठी समक्ष राजीनामा दिएका हुन् ।
नेपाल शिक्षक संघ मायादेवी गाउँपालिकाको कार्यसमितिले मायादेवी गाउँपालिकामा कार्यरत शिक्षकहरुको मानमर्यादाविरीत गाउँपालिकाले गरेको विभिन्न किसिमका निर्णयहरुको विरुद्ध शिक्षक संघका शिर्ष नेतृत्वले कुनै प्रतिक्रिया नदिएकाले ५६ जनाले सामूहिक राजीनामा दिएको संघका मायादेवी गाउँपलिका सह–सचिव सुर्यनारायण गुप्ताले बताए ।
‘शिक्षकहरुको मानहानी हुने किसिमको कार्य गरेको हुनाले उक्त कार्यप्रति घोर आपत्ति जनाउँदै नेपाल शिक्षक संघको साधारण सदस्य समेत नरहने गरी आफूखुसी स्वेच्छाले सामूहिक रुपमा शिक्षकहरुले राजीनामा दिएको जानकारी गर्दछौं, ’राजीनामा पत्रमा उल्लेख छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij