२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

मन्त्रीहरुलाई सांसदको चेतावनी – आफ्नो निर्वाचन क्षेत्रलाई नै देश ठानेर बजेट विनियोजन नगर्नुस्

मंगलवार , जेठ २२, २०८१

काठमाडाैं, २२ जेठ । नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले आफ्नो निर्वाचन क्षेत्रलाई नै देश ठानेर बजेट विनियोजन नगर्न मन्त्रीहरुलाई चेतावनी दिएका छन् ।

मंगलवार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद दाहालले मन्त्रीहरुलाई आफ्नो निर्वाचन क्षेत्रलाई नै देश ठानेर बजेट विनियोजन नगर्न चेतावनी दिएका हुन् । मन्त्रालयको बजेट आफ्नो निर्वाचन क्षेत्रलाई मात्रै केन्द्रित नगर्न उनले आग्रह गरे ।

उनले मानव सूचकांकमा पछि परेका जिल्ला र पालिकाहरुलाई प्राथमिकता दिएर बजेट विनियोजन गर्नुपर्ने बताए । उनले मन्त्रालयस्तरिय बजेटको किताव आउँदा स्रोत र साधनको न्यायोचित वितरण भएको होस् भनि मन्त्रीहरुलाई ध्यानाकर्षण गराए । उनले रणनीतिक सडकहरु र वैकल्पिक लोक मार्गहरुलाई पर्याप्त बजेट विनियोजन गर्न पनि माग गरे ।

सांसद दाहालले संसद अवरोधको श्रृङ्खलाको अन्त्य गर्नुपर्ने बताए । उनले वर्तमान सरकारले सुशासनको क्षेत्रमा उल्लेख्य काम गरिरहेको पनि बताए ।