
मंगलवार , जेठ २२, २०८१
काठमाडाैं, २२ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लले सरकारले आगामी आर्थिक वर्षको बजेट मिसन मोडमा काम गर्नेगरी क्षेत्रहरुको प्राथमिकिकरण गरेर आएको बताएका छन् ।
मंगलवार प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८१/०८२ को विनियोजन बजेटको विषयमा भएको छलफलमा बोल्दै यस्तो बताएका हुन् । उपसभापति डा.वाग्लले बजेटमा पाँच उद्देश्य, प्राथमिकता,रणनीति र रुपान्तरणकारी क्षेत्र छुट्याउनु मिसन मोड भएको संज्ञा दिए । उनले सरकारले पाँच भन्दा बढी अर्थतन्त्र ग्रोथ ड्राइभ गर्ने इन्जिनहरुको पहिचान गरेर त्यसमा मिसन मोडमा काम गर्नु जरुरी रहेको बताए । उनले आइटी क्षेत्रलाई प्रमुख प्राथमिकता दिएर अबको १० वर्षमा ३० अर्ब बराबरको सफ्टवयेर निर्यात पु¥याउने मिसन स्पष्ट र टाइम लिमिट रहेको बताए । उनले यसको साथै १५ लाखलाई रोजगारी दिने लक्ष्य सकारात्मक भएको बताए ।
उनले सरकारले यसमा थप आइटी पार्क,स्वदेशी स्वट्वयेरहरु प्रयोग गर्ने र करमा प्रोत्साहन दिने कुराहरु सकारात्मक रहेको भन्दै कार्यान्वयनको लागि आइटी बोर्डहरु बनाउने र विदेशमा पनि आइटी फोरमहरुलाई निश्चित मापदण्डहरु तोकेर सप्सिडेरी खोल्नै दिने खालका कार्यक्रम ल्याएर लक्ष्य पूरा हुने बताए । उनले एक सय वर्षको इतिहासमा उर्जामा करिव ३ हजार मेगावटाको हाराहारीमा जडि क्षमतामा आइपुगेको भन्दै आगामी वर्ष सालसम्म ४५ सय मेगावट जडित क्षमता बनाउने लक्ष्य राखिएको भन्दै जलविद्युत क्षेत्रमा पनि सरकारले मिसन मोडमा नै लैजानुपर्ने बताए ।
उनले १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको भन्दै सरकारले पर्यटकको टाउँको गन्ने मात्रै भन्दा पनि दैनिक खर्च र पर्यटकको औषत बसाईलाई लम्ब्याउने गरी मिसन मोडमा काम गर्नुपर्ने उल्लेख गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij