२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

काठमाडौंका मेयर साहले अशिष्ट अभिव्यक्ति तत्काल सच्याउनुपर्छ : महेश बर्तौला

मंगलवार , जेठ २२, २०८१

काठमाडाैं, २२ जेठ । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहका पछिल्लो अभिव्यक्तिले आफैलाई गिज्याईरहेको टिप्पणी गरेका छन् ।


उनले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि निम्छरो, अशिष्ट र उदण्डताका साथ अभिव्यक्ति दिएको जिकिर गर्दै त्यसले उहाँको पदीय मर्यादालाई होचो बनाइरहेको प्रमुख सचेतक बर्तौलाको भनाई थियो ।

मंगलवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले अध्यक्ष ओलीमाथि गालीगलौजको भाषामा मेयर साहको दिएको अभिव्यक्ति तत्काल सच्याउनुपर्ने समेत बताए । प्रमुख सचेतक बर्तौलाले मेयर साहले इतिहासलाई अवमूल्यन गर्ने, नेतृत्वमाथि गालीगलौज गर्ने शैलीले मुलुकको कानूनी शासनमाथि नै चुनौति दिने गरेको भन्दै आक्रोश व्यक्त गरे । उनले राष्ट्रको हितमा उभिएका कुनै शक्ति र व्यक्तिमाथि त्यस्ता खालको गालीगलौजको भाषा प्रयोग नगर्न पनि मेयर साहलाई सचेत गराए ।

प्रमुख सचेतक बर्तौलाले राज्यका विद्यमान कानूनी प्रबन्धहरुलाई कुनैपनि व्यक्तिले चुनौति दिन नमिल्ने पनि बताए ।