
बुधवार , जेठ २३, २०८१
काठमाडौं, २३ जेठ । नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरे बजेटमा साझा न्युनतम संकल्पसँग मेल नखाएको बताएका छन् ।
बुधवार प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८१÷०८२ को विनियोजन बजेटको विषयमा भएको छलफलमा बोल्दै यस्तो बताएका हुन् । उनले सत्तारुढ दलले सार्वजनिक गरेको साझा संकल्प,कार्यक्रम, समझदारी,नीति सिद्धान्त र बजेटबीच तालमेल र लय नमिल्ने बजेट आएको टिप्पणी गरे
उनले बजेट निर्माणको परम्परागत प्रवृत्ति अहिलेसम्म पनि कायम रहेको बताए । उनले प्रतिपक्षले बजेटलाई निहुँ मनाएर सरकार ढाल्न सकिन्छ की भनेर बिरोधका लागि बिरोध गर्ने,सत्तापक्षमा रहेका कारण अतिरञ्जनापूर्ण समर्थन गर्ने र दाबेदारी गर्ने दुवै प्रवृत्ति गलत रहेको बताए । उनले आलोचनात्मक ढङ्गले प्रश्तुत हुँदा सही सुझावहरु दिँदा र सुझाव स्वीकार गर्दा अर्थमन्त्री र सरकार कमजोर नभएर अझ बलियो र जनप्रिय बन्ने उल्लेख गरे । उनले बजेटमा कार्यक्रम घोषणा गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्तिको अन्त्य गर्न आवश्यक रहेको बताए ।
उनले आगामी आर्थिक वर्षको बजेट सन्तुलित र संयमित भएपनि कार्यान्वयनमा चुनौति रहेको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij