
बुधवार , जेठ २३, २०८१
भैरहवा, २३ जेठ ।
नेपाली कांग्रेसको भातृ संघ नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ, लुम्बिनी प्रदेश अन्तर्गत चयन भएका नेतृहरुको सम्मान कार्यक्रम भैरहवामा सम्पन्न भएको छ ।
गत जेठ १८ र १९ गते बाँकेको कोहलपुरमा सम्पन्न महासंघ लुम्बिनी प्रदेशको प्रथम अधिवेशनबाट प्रदेश सह–सचिवमा चयन भएकी लिलादेवि छन्त्याल, सदस्यमा चयन भएका हरिमाया गुरुङ्ग र रुपा पुलामी मगरलाई सम्मान गरिएको हो ।
कांग्रेस क्षेत्र नम्बर ३ रुपन्देहीका क्षेत्रीय सभापति तथा युवा नेता सुशील गुरुङ्गको सभापतित्वमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले यस देशमा भएका लोकतान्त्रिक आन्दोलनमा आदिवासी जनजातिहरुको महत्वपूर्ण योगदान रहेको बताए ।
कार्यक्रममा नेपाली कांग्रेस प्रदेश ३ ‘क’ का सभापति सुरेन्द्रजंग थापा, नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ लुम्बिनी प्रदेश सह–सचिव लिलादेवि छन्त्याल, क्षेत्रीय संयोजक याम बहादुर थापा, जिल्ला उपाध्यक्ष जितमान गुरुङ्गले भनाइ राखेका थिए ।
कांग्रेस क्षेत्रीय सचिव लेखनाथ भट्टराईको सञ्चालनमा भएको कार्यक्रममा महाधिवेशन प्रतिनिधि विनय ज्ञवाली, क्षेत्रीय कोषाध्यक्ष कृष्ण खनाल,सह–सचिव कुल प्रसाद न्यौपाने, क्षेत्रीय सदस्य योगेन्द्र पाण्डे, सिद्धार्थनगर वडा नम्बर ७ का सभापति भविलाल पौडेल, वडा नम्बर ८ का सभापति टंक ज्ञवाली, ४ का गुरुचरण प्रजापति लगायतको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij