२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

एमाले रुपन्देही आर्थिक पारदर्शीतामा ‘ए’ ग्रेडमा

बिहिवार , जेठ २४, २०८१

भैरहवा, २४ जेठ । 
नेकपा एमाले रुपन्देहीको आय व्यय विवरण पारदर्शी भएको पार्टीको केन्द्रिय लेखा आयोगले जनाएको छ । केन्द्रिय लेखा आयोगका उपाध्यक्ष विष्णु प्रसाद पन्थीले देशभरीका जिल्ला कमिटीको मूल्यांकन गरी पुरस्कृत गर्ने र त्यसमध्ये रुपन्देही ए ग्रेडमा पर्ने गरेको बताएका छन् ।

 एमाले रुपन्देहीको १० औं जिल्ला अधिवेशन २०७९/०८० सालको लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्दै पन्थीले लेखा परिक्षण कार्यविधि २०८० बमोजिम सम्पन्न गरिएको बताए । 
हामीले सबै तलदेखि माथिसम्मको हिसाब निर्वाचन आयोगलाई बुझाउँछौं । लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्यमन्त्री समेत रहेका पन्थीले भने,  ‘तल जिल्ला कमिटीसम्मको हिसाब बुझाउँछौं । 
अनिवार्य लेखा हिसाब हुने गरेको बताउँदै पारदर्शीताका लागि एमालेले लेखा परीक्षण गर्ने गरेको पन्थीले बताए । 

पार्टीको हिसाब किताब र स्कूलिङ पनि एमालेमा राम्रो हुनेगरेको उपाध्यक्ष पन्थीले बताए । जिल्ला कमिटीले स्वंय लेखा हुन्छ भने अन्तिममा केन्द्रिय लेखा आयोगले गर्ने पन्थीले बताए । 
एमाले रुपन्देहीको केन्द्रिय लेखा आयोगका सचिव शिव हरि अधिकारी, सदस्य बद्री भट्टराई, र सदस्य मोहन राज रेग्मीले लेखा परीक्षण गरेका थिए ।