२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

एमाले रूपन्देहीको १० औं अधिवेशन : अध्यक्ष के.सी.द्वारा राजनीतिक प्रतिवेदन पेश

बिहिवार , जेठ २४, २०८१

भैरहवा, २४ जेठ ।
नेकपा (एमाले) रुपन्देहीको १० औ जिल्ला अधिवेशनको बन्द सत्र सुरु भएको छ । बिहीबार बिहानदेखि भैरहवास्थित होटल सिद्धार्थ भिलासामा सुरु भएको बन्दसत्रमा जिल्लाभरीबाट ८५७ जना प्रतिनिधि र पर्यवेक्षक गरी १ हजार भन्दा बढी बन्दसत्रको हलमा उपस्थित रहेको एमाले रुपन्देहीका उपसचिव तथा प्रचार विभाग प्रमुख हितराज पन्थीले बताए ।

पन्थीका अनुसार बन्दसत्रको हलमा पार्टी जिल्ला अध्यक्ष तेजेन्द्र के.सी.ले राजनीतिक प्रतिवेदन प्रतिवेदन पेश गरेका छन् । अध्यक्ष के.सी.ले पेश गरेको राजनीतिक प्रतिवेदनमा रुपन्देही जिल्लामा एमालेको जनधार सबैभन्दा बलियो भएको तथ्य पेश गरेका छन् । जिल्लामा क्रियाशिल पार्टीहरूका विश्लेषण गर्दै के.सी.को प्रतिवेदनमा राष्ट्रिय हित र स्वाभिमानको पक्षमा दृढतापूर्वक उभिन समेत आह्वान गरिएको छ । त्यसै गरी प्रतिवेदनमा भ्रष्टाचारको विरुद्धमा निर्मतापूर्वक लाग्न सबैलाई आग्रह समेत गरेको छ । प्रतिवेदनमा नेपाली कांग्रेसलाई प्रमुख प्रतिष्पर्धी मानिएको छ ।

बन्दसत्रको अध्यक्ष मण्डलको संयोजक पोलिटब्यूरो सदस्य तथा जिल्ला इञ्चार्ज दल बहादुर राना र सदस्यहरु पोलिटब्यूरो सदस्य दधिराम न्यौपाने, केन्द्रीय सदस्य भुमिश्वर ढकाल, केन्द्रीय सदस्य सावित्रा अर्याल, गोमा आचार्य, कमल गौतम र लुम्बिनी प्रदेश कमिटी उपाध्यक्ष भोजप्रसाद श्रेष्ठ रहेका छन् ।