२०८३, आश्विन ९ गते

Sep 25 2026 | २०८३, आश्विन ९ गते

दुई वर्षभित्र सोलारबाट एक हजार मेघावाट विद्युत थप हुन्छ : मन्त्री बस्नेत

बिहिवार , जेठ २४, २०८१

  • 670
    Shares
  • 670
    Shares
  • काठमाडाैं, २४ जेठ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले आगामी दुई वर्षभित्र सोलारबाट एक हजार मेघावाट विद्युत थप गर्ने बताएका छन् ।

    बिहीवार प्रतिनिधि सभा बैठकमा अन्तर्राष्ट्रिय सौर्य गठबन्धन(आइ एस ए) को स्थापनासँग सम्बन्धित सम्झौता माथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री बस्नेतले दुई वर्षभित्रमा एक हजार मेघावाट विद्युत सोलारबाट थप गर्ने बताएका हुन् । उनले सो सम्झौता राष्ट्रको हितमा भएको भन्दै राष्ट्रको हितमा नै काम गर्दै जाने बताए ।

    अन्तर्राष्ट्रिय सौर्य गठबन्धन(आइ एस ए) को स्थापनासँग सम्बन्धित सम्झौता प्रतिनिधि सभा बैठकबाट अनुमोदन भएको छ ।