२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

बिष्णु पौडेलले एमाले रुपन्देही अध्यक्षका लागि कार्की छाडेर किन रोजे गैरे ?

बिहिवार , जेठ २४, २०८१

भैरहवा । नेकपा एमाले रुपन्देहीको आगामि कार्यकालका लागि नेतृत्व सहितको पदाधिकारीको टुङ्गो लागेको बुझिएको छ ।  भैरहवामा जारी एमाले रुपन्देहीको १० औं अधिवेशनबाट यज्ञ गैरेको अध्यक्षतामा पदाधिकारी सर्वसम्मत बनाउने गरी नेताहरु बीच समझदारी भएको स्रोतको दावि छ । 

गैरेको अध्यक्षतामा सर्वसम्मत पदाधिकारी चयन गर्ने उच्च स्तरका नेताहरु वीच सहमति भएपनि अध्यक्षसहितका पदाधिकारीमा उम्मेदारी दिएका केही नेताका कारण सहमतिलाई सार्वजनिक नगरिएको बताईएको छ । 

गैरे एमाले महासचिव शंकर पोखरेल निकट मानिन्छन् । निर्वाचनमा जाने अबस्था आए एमाले उपाध्यक्ष बिष्णु पौडेलले एमाले नेता चित्र कार्कीलाई अध्यक्ष बनाउने रणनीति तय गरेका थिए । तर, अन्तिम चरणमा कुनै उपाए नलागेपछि उपाध्यक्ष पौडेल सहितको रुपन्देहीमा उपलब्ध केन्द्रिय नेतृत्वले यज्ञ गैरेलाई अध्यक्ष बनाउने गरी सहमति गरेको बुझिएको छ । 

अधिवेशनमा सहभागी एक नेताका अनुसार अध्यक्षमा यज्ञ गैरे, उपाध्यक्षमा हितराज पन्थी, सचिव पदमा चित्रबहादुर कार्की, उपसचिवमा बाबुराम पन्थी र महिलातर्फको उप सचिवमा सुनिता ठठेर हुने गरी सहमतिमा पुगेको हो । तर अध्यक्षमा उम्मेदारी दिएका निवर्तमान अध्यक्ष तेजेन्द्र केसी र खेम लुईटेलले समाचार तयार पार्दासम्म उम्मेदारी फिर्ता लिएका छैनन् ।

निर्वाचन समितिका अनुसार नेताहरुले सहमतिको प्रयास गरेर समय मागेकाले भोलि बिहानसम्म समय दिइएको छ । एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, सचिव छविलाल विश्वकर्मा, पद्मा अर्यालसहितका नेताहरुले बुधबार राती नै यो विषयमा छलफल गरी सहमति गरेका थिए । पौडेल भने बिहीबार बिहानै काठमाण्डौं गएका छन् ।