२०८३, बैशाख १४ गते

Apr 27 2026 | २०८३, बैशाख १४ गते

भारतीय समकक्षीको शपथग्रहणमा प्रधानमन्त्री दाहल भारत जाने

शुक्रवार , जेठ २५, २०८१

  • 550
    Shares
  • 550
    Shares
  • काठमाडाैं, २५ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी बन्न भारत भ्रमण गर्ने भएका छन् ।

    बिहीवार सिंहरदरबास्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद्को बैठकले प्रधानमन्त्री दाहँलले भारतका प्रधानमन्त्रीको शपथग्रहण समारोहमा सहभागिता जनाउने निर्णय गरेको हो ।

    बैठकपछि निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने, हेटौँडा सिमेन्ट उद्योगको अध्यक्ष पदमा नरेन्द्र भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको बताए ।

    उनले सरकारले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रवन्धक पदमा पदम वलीलाई नियुक्त गर्ने, मेलम्ची खानेपानी आयोजनाको नयाँ ह्याडवर्क, थप संरचना मेलम्ची नदीको माथिल्लो तटीय क्षेत्रको उपयुक्त स्थानमा निर्माण गर्न सैद्धान्तिक स्वीकृत दिने निर्णय गरेको बताए । उनकाअनुसार सरकारले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको कार्यकारी निर्देशक पदमा तेजबहादुर राईलाई तोक्ने, जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४९ को उपदफा १ बमोजिम यसैसाथ संलग्न सूचि बमोजिमका ५२ रोगहरुलाई संक्रामक रोगमा सूचिकृत गर्ने गरेको छ ।