शुक्रवार , जेठ २५, २०८१
भैरहवा, २५ जेठ । संघीय संसद प्रतिनिधिसभा पूर्वाधार विकास समितिको उर्जा, जलस्रोत तथा सिँचाई उपसमितिले विद्युत ऐन, २०४९ संसोधनका लागि सुझाव संकलन थालेको छ ।
बिहिवार बसेको उपसमितिको बैठकमा सिद्धार्थनगर नगरपालिका (भैरहवा)का मेयर समेत रहेका नेपाल नगरपालिकाका संघका उर्जा जलस्रोत र पूर्वाधार केन्द्रीय विभागका संयोजक इश्तियाक अहमद खाँले संसोधनका लागि संसदमा टेबल हुने विद्युत विधेयकमा नागरिकको हितमा लागि विभिन्न सुझावहरु राखेका छन् । साथै विद्युत प्राधिकरणबाट नागरिकले भोगिरहेको समस्याको समाधानका लागि पनि संसदीय समितिको ध्यानार्कषण गराएका छन् ।
उनले विद्युत शुल्क निर्धारण गर्दा स्थानीय सरकारसगँको सुझाव सल्लाह लिनुपर्ने र उक्त समितिमा स्थानीय सरकारको प्रतिनिधत्व हुनुपर्ने गरी विधेयकमा समेट्नमा सुझाव दिएका छन् । उनले विद्युतको उत्पादन, प्रशारण, वितरण, नियमन सबै एउटै निकायबाट भइरहेकोले यस विषयलाई संसोधन गरी पृथक पृथक अधिकारको व्यवस्था गर्नुपर्ने बैठकमा सुझाव राखे ।
मुलुक लोडसेडिङमुक्त घोषणा भइसकेको अवस्थामा समेत विद्युत ट्रिपिङ, एकरुपता भोल्टेजमा प्रवाहमा समस्याका कारण उद्योगी, व्यवसायी, सर्वसाधरणमा मारमा परिरहेकोले समस्या समाधान गर्न समेत उनले आग्रह गरे ।
यस्तो छ बुदाँगत रुपमा मेयर खाँले राखेको सुझावः
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij