
सोमवार , जेठ २८, २०८१
भारतको राजनीतिक इतिहास दश वर्षमा बदलिन पुगेको छ । आफ्नो दलले कम्फरटेवल मत ल्याएर दश वर्ष सम्म भारतको सरकार हाँकेका नरेन्द्र मोदी यसपटको निर्वाचनमा भने लोकसभाकोको निर्वाचनमा कम्फरटेवल मत वा सिट ल्याउन असफल भएका छन् । उनी ठूलो दल भाजपाका नेता भए पनि अन्य दलहरुको सहयोगमा मात्र प्रधानमन्त्री बनेर प्रधानमन्त्री पदको सपथ ग्रहण लिएका छन् ।
१.भारतको १४५ वर्षे राजनीतिक इतिहासमा ४७ वर्ष सम्म कुनै न कुनै रुपमा गान्धी परिवारकै राज थियो । करीब १७ वर्ष जोहारलाल नेहरुको मात्र एकछत्र राज चलेको थियो । त्यसपछि इन्दिरा गान्धीले उनको राजनीतिक पदचाँप पक्डीएकी थिईन । सन् १९७७ को निर्वाचन गान्धीको लागि अफाप भएपनि १९८० को चुनावले गान्धी नेतृत्वको काङ्गे्रसमा ३५३ सिटले उभार ल्याएको थियो ।
२.अहिले नेपालको सरकार अस्थीर गठवन्धन सरकार हो । भारतको सरकार पनि अस्थिर र गठबन्धन सरकार हो । यो बेलामा नरेन्द्र मोदीलाई अस्थिर गठवन्धन चलाउने अनुभव छैन । तर नेपालका प्रधानमन्त्री पुष्पकमल दहालले आफू सानै दलका अध्यक्ष भए पनि अस्थिर अस्वच्छ गठवन्धन चलाउने अनुभव र प्रयोगमा उनी माहिर छन् । उनीको अनुभव भारतलाई काम लाग्छ कि लाग्दैन त्यो नरेन्द्र मोदिले बुझने कुरा हो । तर एउटा सत्य कुरा के हो भने राजनीतिक अस्थिरताले देशलाई राम्रोगति दिन सक्दैन। योग्य सुझबुझ भएको नेतृत्वलाई पनि राम्रो गर्न पापड बेल्नु पर्छ । फलामका चिउरा चपाँउनु पर्छ। तर पनि सफलतामा पुग्न गाह्रो हुन्छ । यस्तो अस्थिरताले साना दलहरुलाई राजनीतक फाईदा भने पक्कै हुन्छ। ती दलहरुका नेताहरुलाई मन्त्री बन्ने देखि कुनै न कुनै शक्तिमा बस्न पाउने अवसर, सरकारले गर्ने राजनीतिक नियुक्तिहरुमा भागवण्डा कार्यकर्ताहरुलाई ठेक्कापट्टा, पहुँच आदिको सहज ब्यवस्था हुन्छ । हामीले नेपालमा देखेको यो पनि हो । बहुमत नपुगेपछि हामीले अपनाएको चुुनावा प्रणालीमा यस्तो हुनु स्वभाविकै हो।
३.भारतमा भर्खर मात्र ५५ लाख इलेक्ट्रोनिक भोटिङ मेसिनको प्रयोगबाट सम्पन्न गरिएको भारतीय लोकसभाको निर्वाचनमा कुनैपनि दलको बहुमत आउन नसकेपछि भारतमा गठवन्धन सरकार बनेको छ । त्यसको नेतृत्व ठूलो दल भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीले गर्दै हुनुहुन्छ । नेपालमा ठूलो दलको हातमा सत्ता छैन। सानो दलले ठूलो दललाई मिलाएर सत्ता चलाईरहेको छ । दुवै देशका यीनै राजनीति परिदृश्यका वीच नेपालका प्रधान मन्त्री पुष्पकमल दहाल र भारतका प्रधानमन्त्री मोतिवीच दिल्लीमा भेटघाट पनि हुदैछ।
४.नेपालको राजनीति अस्थीर हुनको कारण इतिहासले नै नेपाली काङ्गे्रसलाई देखाउँछ। आफ्नो स्पष्ट बहुमत भएको बेलामा आफ्नो सरकार आफै ढालेको छ र कहीले अरुमार्फत ढालिएको इतिहास छ । तर भारतको केही समयको इतिहास हेर्दा तस्तो देखिदैन । गठवन्धनका सरकार पनि पुरा अवधि चलेको चलाएको देखिन्छ ।
५.गठवन्धन सरकार चलाउने भारतीय नेताको अनुभव
भारतको गठवन्धन सरकारको इतिहास हेर्नेहो भने सन १९८९ पछि भारतमा नयाँ सरकार बन्ने र गिर्ने खेल निरन्तर जारी रह्यो।, कुनै एक पार्टीको स्पष्ट बहुमत नआउनुका कारण चन्द्रशेखर, बिपी सिंह, एच बी देवगौडा, ईन्द्रकुमार गुजराल अटलविहारी वाजपेयी(१६ मे १९९६ देखि १ जुन १९९६ सम्म १३ दिनसम्म) यो बेलामा सवै प्रधानमन्त्रीहरु कमजोर बन्न पुगे । राजीव गान्धीको हत्यापछि राजनीतिक अस्थिरता वीच धेरै भारतीय नेताहरुले प्रधानमन्त्री हुने अवसर प्राप्त गरे पनि कसैले प्रधानमन्त्रीको कुर्ची पुरा अवधि सम्म थाम्न नसकेको तथ्य भारतीय राजनीतिमा छर्लङ्ग छ।
२९ मई १९९१ को चुनाव पछि भने भारतमा काङ्गे्रसले नयाँमोड लियो कांग्रेसको विरासदको नेतृत्व रहेन अथवा नेहरु परिवारको नेतृत्व सरकारमा रहेन । निर्वाचनमा काङ्गे्रस २ सय ३२ सिट प्राप्त गरेर पहिलो दल बन्न सफल भएपनि बहुमत हासिल गर्न भने सकेन । त्यो क्षण कांग्रेस अनुभवी वरिष्ठ व्यक्तित्व पि.वी.नरसिंह रावले गठवन्धन सरकारको नेतृत्वमा भारतको प्रधानमन्त्रीको कार्यभार समाल्नपुगे । जसले पाँचै वर्ष गठवन्धन सरकार चलाएका थिए ।
यसैगरी सन् १९९९ को निर्वाचनपछि भाजपा नेता अटल बिहारी नेतृत्वको गठवन्धन सरकारले जसोतसो ५ वर्ष पूरा गरेको थियो। (१९ मार्च १९९८ देखि २७ मे २००४) यो नेतृत्वले भारतीय जनता दललाई यहाँ सम्म ल्याउने विशिष्ट आधार खडा गरेको तथ्य उजागर नै छ । नेता अटल बिहारी नेतृत्वको गठवन्धन सरकारले गरेको भारत सरकारको नेतृत्वलाई वर्तमान भारतीय प्रधानमन्त्रीले कसरी बुझेका रहेछन् भन्ने तथ्य अव छिटै उजागर हुदै जानेछ । राजनीतिक सुझबुझ र अवस्था नेता अटल बिहारी जीको पालाको जस्तो त्याग इमान संग अहिलेको राजनीति गाँसिएको छैन ।
भारतीय राष्ट्रिय काङगे्रसको नेताको रुपमा सन २००४ मा पनि प्रधानमन्त्रीको सपथ ग्रहण गरिसकेका मनमोहन सिंह सन् २००९ भएको निर्वाचनमा पनि कांग्रेस बहुमत बिनाको ठूलो दल बनेको थियो । जसका कारण गठवन्धन सरकारको नेतृत्व गनबार्ट गान्धी परिवार पछाडि हटेपछि सन २०१४ सम्म शालिन व्यक्ति सिंहले भारतको प्रधानमन्त्री बन्ने अवसर प्राप्त गरेका थिए । मनमोहनले उतारचढावका बाबजुद ५ वर्ष सम्म गठवन्धन सरकार सञ्चालन गर्न सफल रहे ।
६.भारतीय लोकसभामा ५४३ सिट रहेको ब्यवस्थापिका हो । झन्डै दुई तिहाइको नजिक रहेको प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारूढ भारतीय जनता पार्टी यो पटक २४० सिटमा खुम्चिएको छ। एकल बहुमत नहुँदा आफ्नो निर्वाचन गठबन्धनमा आबद्ध दलहरूसँगको सहकार्य मोदीका लागि अब बाध्यता बन्न पुगेको छ । चन्द्र बाबू नाईडोको तेलगुदेसम (१६) र नितिस कुमारकोजनतादल युनाइटेड (१२)गठवन्धनका मुख्य घटकहरु हुन् । यी घटकहरुले दरिलो साथ दिदा सम्म र अन्य साना दलले साथ दिदा सम्म नरेन्द्र मोदी प्रधानमन्त्रीमा रहिरहने छन् । नेपालमा जस्तो त्यहाँको सरकार पनि गणीतीय आधारमै टिक्ने नटिक्ने कुरामा निर्भर रहेको छ । मोदी नेतृत्व एनडिए गठबन्धमा अहिले २९३ जना सम्मीलित छन् जसमा भाजपाको २४० सिट रहेको छ। राहूल गान्धी नेतृत्वमा इण्डीया गठवन्धनमा २३१ जना सम्मीलित छन् । जसमा कांग्रेसको १०१ सिट रहेको छ ।
७.भारतमा नेपालमा जस्तो सरकार छिटो छिटोबदली रहला
नेपालमा जस्तै राजनीतिक चरीत्र बोकेका दल र नेताहरु भारतमा पनि छन् । तर पनि यो पहिलो स्प्रिटमा भारतीय सरकार अवको पाँच वर्ष भरी भारतीय जनतापार्टिले चलाउने जस्तो अहिले देखिएको छ । विगतमा भन्दा मन्त्रीको संख्या बढाएर भए पनि गठवन्धन दल तथा स्वतन्त्र सांसदलाइ खुसी बनाइदै छ । यस गठवन्धनका मुुख्य २ घटक तेलगुदेसम र जनतादल युनाइटेडले दरिलो साथ दिँदासम्म र अन्य साना दलले हात नझिक्दा सम्म एनडिए गठबन्ध सरकार पल्टिन संभावना छैन । यदी यो सरकालाई साथ दिईरहेका अन्य सवै दलले भारतीय जनतापार्टिको साथ छोडे भने कुनै पनि बेला सरकार ढल्छ ।
यो अवस्थामा फेरी अर्को सरकार बनाउने अवसर इण्डीया गठबन्धनलाई मिले पनि राहुल गान्धीलाई बहुमत पुर्याउन सजीलो छैन । भविष्यमा यदी बनी हाल्यो भने पनि टिक्न टिकाउन निकै गाह्रो हुनेछ । नेपालकै जस्तो अवस्था नआए पनि अस्थीरताले भारतको प्रगतिलाई गाज्ने संभावना प्रवल हुन्छ । त्यसको असर नेपाली राजनीतिमा पनि पर्नेछ ।
८.यी माथिका तथ्यगत अनुभवहरुबाट ,गठवन्धनका ब्यक्तिहरुको स्वभाव र दलहरुको चरीत्रपनि मध्यनजर गर्दै वर्तमान गठबन्धन सरकारलाई भारतीय प्रधानमन्त्रीे नरेन्द्र मोदी जसलाइ अहिले सम्म पनि गठवन्धन सरकार चलाएको अनुभव छैन । यस्तो अवस्थालाई भने भारतीय कांग्रेसले पटक पटक सफल बनाएको इतिहास छ । तर भारतीय जनता पार्टिलाई ले एकपटक मात्र यस्तै अथवा यो भन्दा केही प्रकृतिको गठवन्धन वा मिलीजुली सरकार चलाएको सामान्य अनुभव छ । यो चुनौती पूर्ण घडीमा प्रम नरेन्द्र मोदीले कुन आधारमा कस्तो ब्यवहारको माध्यमबाट यो सरकारलाई दिगो र भरपर्दौ बनाउनुहुन्छ नेपाल जस्तो छिमेकी देशसंग गठवन्धन सरकारको ब्यवहार कस्तो हुन्छ त्यो हेर्न बाँकी छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij