
बुधवार , फाल्गुण १२, २०७७
भैरहवा। सिद्धार्थ उद्योग बाणिज्य रुपन्देहीको आगामि कार्यकालका लागि पदाधिकारी पदमा निर्बिरोध भएका छन्।
आज (बुधबार) भएको उम्मेदवारी दर्तामा पदाधिकारी पदमा एक एक जनाले मात्रै उम्मेदवारी परेपछि उनीहरु निर्बिरोध भएका हुन्।
प्रमुख निर्वाचन अधिकृत शिव गौडेलका अनुसार निर्बिरोध हुनेमा अध्यक्षमा भिष्मप्रसाद न्यौपाने, बरिष्ठ उपाध्यक्षमा ठाकुरकुमार श्रेष्ठ, एसोसियट उपाध्यक्षमा अरुणकुमार गोयनका, बाणिज्य उपाध्यक्षमा नेत्र प्रसाद आर्चाय, उद्योग उपाध्यक्षमा दिलिप कुमार कान्दु, महासचिवमा विजय पाण्डे, कोषाध्यक्षमा गोविन्द ज्ञवाली तथा सचिवमा दिपेन्द्र पधान छन्।
त्यसैगरी २ कर्पोरेट सदस्यमा पनि निर्बिरोध भएका छन्। कर्पोरेट सदस्यमा रोहित अग्रवाल र बिकास गोयनका निर्बिरोध भएका हुन्।
त्यस्तै बस्तुगत सदस्य र बाणिज्य तर्फको महिला सदस्यमा पनि निर्बिरोध भएका छन्। बस्तुगत सदस्यमा कृष्णप्रसाद घिमिरे र बाणिज्य तर्फको महिला सदस्यमा यमकला न्यौपाने निर्बिरोध भएका हुन्।
यही २१ र २२ गते हुने साधारण सभा तथा अधिबेशनका लागि उम्मेदवारी दर्ता गरिएको हो। २२ गते हुने निर्वाचनका लागि बाणिज्य तर्फ १० जना सदस्यका लागि १९ जनाको उम्मेदवारी दर्ता परेको छ भने उद्योग तर्फको ५ सदस्यका लागि ११ जनाको उम्मेदवारी दर्ता भएको प्रमुख निर्वाचन अधिकृत गौडेलले जानकारी दिए।
त्यस्तै उद्योग तर्फ १ महिला सदस्यका लागि पदका ४ जनाको उम्मेदवारी परेको छ। पदाधिकारी निर्बिरोध भएपनि सदस्य पदमा भने निर्वाचन हुने भएको छ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij