२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

रोटरी डे मा मानव सेवा आश्रममा खाद्यान्न सहयोग

बुधवार , फाल्गुण १२, २०७७

बुटवल, १२ फागुन ।
रोटरी क्लब अफ बुटवलले मानव सेवा आश्रम बुटवलमा खाद्यान्न वितरण गरेको छ । ११६ औं रोटरी डे को अवसर पारेर क्लबले मानव सेवा आश्रम बुटवलमा खाद्यान्न सहयोग गरेको हो । क्लवका अध्यक्ष सुनिल श्रेष्ठको नेतृत्वमा रोटरीयन र रोट्रयाक्टहरुको उपस्थितिमा खाद्यान्न हस्तान्तरण गरिएको हो ।

खाद्यान्न वितरण कार्यक्रममा क्लबका एजी एवं पूर्व अध्यक्ष हरि पौडेल, क्लबका अध्यक्ष सुनिल श्रेष्ठ, सचिव रोम शर्मा, मानव सेवा आश्रमका अभिभावक चन्द्रमान श्रेष्ठ, रोट्रयाक्ट क्लब अफ बुटवलका अध्यक्ष सुमन अधिकारी लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

त्यस्तै क्लबको १३५३ औं नियमित बैठक पनि क्लब सचिवालयमा बसेको छ । बिजनेश एजेण्डामा छलफल गर्न बसेको बैठकमा रोटरी डे का अवसरमा क्लब सचिवालय बुटवलमा क्लबका पूर्व अध्यक्ष एवं क्लब मेन्टर कृष्णप्रसाद अर्यालले केक काटी शुभकामना आदानप्रदान गरिएको थियो । त्यस अवसरमा क्लब मेन्टर अर्यालले रोटरी इन्टरनेशनल कसरी सुरु भयो भन्ने सन्दर्भमा प्रकाश पारेका थिए । त्यस्तै पुर्व अध्यक्ष अजयमान श्रेष्ठले रोटरी डे को महत्वका बारेमा प्रकाश पारेका थिए ।

त्यस्तै रोटरीयन लोकनाथ उपाध्याय, हुतानन्द खनाल, डा. नारायणप्रसाद पन्थ लगायतले रोटरीले लिएको उद्देश्य प्राप्तीमा अगाडि बढ्नुपर्ने सुझाव दिंदै रोटरी अभियानमा आफूहरुको सहयोग रहने बताएका थिए ।

कार्यक्रमका अवसरमा अध्यक्ष सुनिल श्रेष्ठले कोभिडको महामारीका बाबजुद पनि रोटरी क्लब अफ बुटवलले आफ्नो कार्ययोजना अनुसार काम गरिरहेको जानकारी गराए । त्यस्तै उनले रोटरीले अगाडि सारेका प्रोजेक्टहरु लुम्बिनी प्रादेशिक अस्पतालमा रोटरी क्यान्सर स्क्रिनिंग एण्ड डाइग्नोष्टिक सेन्टर, आम्दा अस्पताल बुटवलमा अक्सिजन प्लान्ट, शंकरनगर वनवाटिकामा ई–लर्निंग एण्ड साइन्स थिएटर र ब्लड कलेक्शन मोबाइल भ्यानको हालसम्मको प्रगति विवरण प्रस्तुत गरेका थिए ।