२०८२, भाद्र २५ गते

Sep 10 2025 | २०८२, भाद्र २५ गते

आज हुने भनिएको मोतिपुर औद्योगिक क्षेत्रको शिलान्यास कार्यक्रम स्थगित

बिहिवार , फाल्गुण १३, २०७७

  • 6.0K
    Shares
  • 6.0K
    Shares
  • बुटवल, १३ फागुन । 
    यस क्षेत्रकै बहुप्रतिक्षित परियोजना मोतिपुर औद्योगिक कोरिडोरको आज बिहीबार हुने भनिएको शिलान्यास कार्यक्रम स्थगित भएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले अर्थमन्त्री विष्णुप्रसाद पौडेलको कार्य व्यस्तताका कारण शिलान्यास कार्यक्रम स्थगित भएको जनाएको छ ।  

    अर्थमन्त्रीले समय दिन नभ्याउने भएपछि कार्यक्रम सारिएको बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका प्रबन्धक निमेश अधिकारीले जानकारी दिएका छन् । आजका लागि स्थगित गरि एक हप्ताको लागि कार्यक्रम सारिएको जानकारी गराउँदै प्रबन्धक अधिकारीले मिति भने पछि छलफल गरेर तोकिने बताए । 

    बिघटित संसद पुनःस्थापनासँगै केन्द्रिय राजनितिमा आएको उतारचढावका कारण अर्थमन्त्री पौडेल पार्टी राजनीतिमा व्यस्त भएकोले परियोजनाको शिलान्यास कार्यक्रम स्थगित भएको बुझिएको छ ।  यद्यपी केहीदिन अघि औद्योगिक कोरिडोर पीडित स्थानीयले आफ्ना मागहरु पुरा नगरी शिलान्यास नगर्न समेत माग गरेका थिए ।