
सोमवार , आषाढ ४, २०८१
काठमाण्डौं, ३ असार ।
मोबाइलबाटै छायांकन गरिएको नेपाली फिचर फिल्म ‘अ प्लेस अन्डर द सन’ मा समावेश गीत बाचुन्जेल जिन्दगी सार्वजनिक भएको छ । शनिबार सार्वजनिक भएको उक्त गीतमा राजीव थापाको स्वर र मिलन घलानको शब्द संगित रहेको छ । ‘बाचुन्जेल जिन्दगी ओईरो र धोईरो, मरेपछि हो खरानी र कुईरो’ शिर्षकको गीतमा मिन घलान, मिरा गुरुङ, अंशु शर्मा, बिप्लब गौली, प्रजन पौडेल, रिदन श्रेष्ठ, प्रवेश एम.सी. तोसित बताने, रुपेश पन्थी, सदन श्रेष्ठ र बसन्त लामाको अभिनय रहेको छ ।
वन स्क्वाड फिल्म्सले निर्माण गरेको उक्त फिल्म आईफोन १४ प्रो म्याक्स ‘मोबाइल’ बाट खिचिएको हो । यो फिल्म छायांकन गर्न फोनमा अतिरिक्त लेन्स प्रयोग गरिए पनि अन्य कुनै क्यामेरा भने प्रयोग नगरिएको निर्माण कम्पनीले जनाएको छ ।
आईफोनबाटै फिल्म खिचिएको यो नेपालमा पहिलो रहेको निर्माण कम्पनीको दावी छ । १ घण्टा ४५ मिनेट लामो फिल्मका निर्देशक जेसन लोप्चन हुन् । फिल्ममा मीन घलान, मीरा गुरुङ, अंशु शर्मा, विप्लप गौली, प्रजन पौडेल, रिदेन श्रेष्ठ र प्रवेश एम्सी लगायतको अभिनय रहेको छ ।
टीमका अनुसार अमेजन प्राइम भिडियो, एप्पल टिभी, पिकक आदि ओटीटीमा फिल्म रिलिज हुने तय भइसकेको छ । क्राइम ड्रामा जनरामा निर्माण भएको यस चलचित्र आगामी जुन महिनामा रिलिज गरिने निर्माण पक्षले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij