२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

सिद्धार्थ उद्योग वाणिज्य संघ अधिवेशन : कार्यसमिति सदस्यमा प्रतिष्पर्धा हुने

बिहिवार , फाल्गुण १३, २०७७

भैरहवा, १२ फागुन । 
सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको यही फागुन २१ र २२ गते हुने ६२ औं साधारणसभा तथा अधिवेशनको लागि बुधबार मनोनयन दर्ता भएको छ । मनोयन दर्तामा अध्यक्षसहित पदाधिकारीमा एक/एक जनाको मात्र उम्मेदवारी दर्ता भएपछि अध्यक्षसहित पदाधिकारी र केही सदस्य पदमा निर्विरोध भएको छ ।

उम्मेदवारी दर्ताको अन्तिम समयसम्म अध्यक्षमा भीष्म न्यौपाने, वरिष्ठ उपाध्यक्षमा ठाकुर कुमार श्रेष्ठ, उपाध्यक्ष एशोसियसनमा अरुण गोयन्का,  उपाध्यक्ष (उद्योग) मा दिलिप कुमार कान्दु, वाणिज्य उपाध्यक्षमा नेत्र प्रसाद आचार्यको मात्रै उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत शिव प्रसाद गौडेलले बताए ।

त्यसै गरी महासचिवमा विजय पाण्डे, कोषाध्यक्षमा गोविन्द ज्ञवाली, सचिवमा दिपेन्द्र प्रधानको मात्रै उम्मेदवारी परेको सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीले जनाएको छ  ।

निर्वाचन अधिकृत गौडेलका अनुसार वस्तुगत एक पद सदस्यमा कृष्ण प्रसाद घिमिरे, एशोसियट सदस्य दुई पदमा रोहित कुमार अग्रवाल र विकास गोयन्का तथा वाणिज्य महिलातर्फ एक पदमा यमकला न्यौपानेको उम्मेदवारी परेको छ । उनका अनुसार सदस्यहरुमा वाणिज्यतर्फ १० पदको लागि १९ जनाको उम्मेदवारी परेको छ। त्यसैगरी उद्योगतर्फ ५  सदस्य पदमा ११ जनाको उम्मेदवारी परेको छ । उद्योगतर्फ एक पद महिला सदस्यमा ४ जनाको उम्मेदवारी परेको छ । 

खुल्ला वाणिज्य सदस्यतर्फ १० पदको लागि १९ जनाको उम्मेदवारी परेको छ । जसमा प्रितम रौनियार, हरिश सेठिया, धर्मविर शर्मा, गौरव श्रेष्ठ, अर्जुन कार्की, गोपाल भण्डारी, गंगासागर अग्रहरी, त्रिलोकी प्रसाद तेली, संजय वेरिवाल, कमल मरासिनी, कृष्ण अधिकारी, रामवचन गुप्ता तेली, संचित खन्ना, प्रमोद रिजाल, दिनेशमान अमात्य, धर्मराज आचार्य, विशाल जैसवाल, अभिनव मयुर कसौधन र जवाहिर अग्रहरीले उम्मेदवारी दिएका छन् । एक महिला उद्योग सदस्यतर्फ ४ जनाको उम्मेदवारी परेको छ । जसमा पल्लवी न्यौपाने, मिनापन्थी, अनिशा शर्मा र विष्णु माया शर्माले उम्मेदवारी दिएका छन् । 

उद्योग सदस्यतर्फ ५ पदका लागि ११ जनाले उम्मेदवारी दिएका छन् । जसमा रमेश घिमिरे, मंगल भण्डारी, सुरेन्द्र उपाध्याय, भुवन कान्दु, उमाशंकर मिश्रा, ओम जैसी, हरि बहादुर थापा, रामचन्द्र उपाध्याय, पुरुषोत्तम लम्साल, रचना क्षेत्री र सन्दिप पौडेल रहेको सिद्धार्थ उद्योग वाणिज्य संघको सूचना शाखाले जनाएको छ ।

संघमा दर्ता भएका १ हजार ९ सय ४ जना  सदस्यले मतदान गर्नेछन् । वि.सं. २०११ सालमा स्थापना भएको सिद्धार्थ उद्योग वाणिज्य संघ हालसम्म निरन्तर रुपमा उद्योग व्यवसायीको पक्षमा काम गर्दै आएको निजी क्षेत्रको ठूलो संस्था हो ।