
मंगलवार , आषाढ ५, २०८१
भैरहवा, ४ असार ।
कलाकार मुकु सुवेदीको नयाँ लोकगीत सार्वजनिक भएको छ । बैतडीकी बाल गायिका कल्पना बिष्ट र गायक अर्जुन सापकोटाको आवाजमा ‘डालीमा बसेछ चरी’ बोलको गीत सार्वजनिक भएको हो ।
यसअघि तिमी पनि उस्तै रहिछौं, तिम्ले चोली लगाउन लायसी लगायतका चर्चित गीतहरु बजारमा ल्याएका मुकुले विभिन्न म्युजिक भिडियोहरुमा समेत अभिनय गरेका छन् ।
यसपटक पनि उनले माया प्रेममा आधारित शब्दहरुसहितको नयाँ गीत ल्याएका हुन् । कृष्ण बस्यालको लय तथा नन्दु परियारको संगीत रहेको यो गीतको संगीत निर्माण कृष्ण विके ‘भान्जा’ ले गरेका हुन् ।
गायक अर्जुन सुवेदी, कल्पना विष्ट, रचना न्यौपाने, मुकु सुवेदी र सुष्मा सापकोटाले संयुक्त रुपमा यो एल्बम बजारमा ल्याएका हुन् । मुकु सुवेदीको यूटुव च्यानलमा यो गीत सार्वजनिक भएको छ । यो गीत (म्यूजिक भिडियों युट्युब ट्रेण्डिङ छ । यो गीत (म्युजिक भिडियो) युट्युब ट्रेण्डिङको १२ औं स्थानमा छ । यो म्युजिक भिडियो हालसम्म युट्युबमा २ लाख ६७ हजार जनाले हेरिसकेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij