
बिहिवार , आषाढ ७, २०८१
भैरहवा, ६ असार ।
काशी नोबल एकेडेमी सिद्धार्थनगरद्वारा आयोजित मिनी म्याराथन प्रतियोगितामा छात्रतर्फ रन बहादुर परियार प्रथम भएका छन् । त्यसै गरी नागेश्वर कुर्मी दोस्रो र अभिषेक यादव तेस्रो भएका छन् । त्यस्तै प्रतियोगितामा छात्रातर्फ सुमित्रा धवल प्रथम, प्रिया यादव दोस्रो र शितल गुप्ता तेस्रो भएको कार्यक्रम संयोजक डिलाराम पाण्डेले बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओम जैसीको अध्यक्षतामा भएको प्रतियोगितामा प्याब्सन सिद्धार्थनगरका अध्यक्ष गोकुल पोखरेलले म्याराथन प्रतियोगिताको उद्घाटन गर्दै खेलको महत्वका बारेमा बताए ।
प्रतियोगितामा प्रथम हुनेलाई रु. ३ हजार नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको विद्यालयका प्रिन्सिपल राजेन्द्र घिमिरेले बताए । यसैबीच विद्यालयमा भएको फुटसल प्रतियोगितामा शिक्षा एजुकेशनल सेन्टर प्रथम र न्यू बुद्ध एजुकेशन सेन्टर दोस्रो भएको कार्यक्रम संयोजक दिपक काफ्लेले जानकारी दिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओम जैसीको अध्यक्षतामा भएको कार्यक्रमको सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले उद्घाटन गरेका थिए । सो अवसरमा अध्यक्ष श्रेष्ठले प्रतियोगितामा प्रथम हुने टीमलाई रु. ७ हजार र दोस्रो हुने टीमलाई रु. ५ हजार नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।
त्यसै गरी काशी नोबल एकेडेमीमा भएको चेस प्रतियोगितमा छात्रतर्फ सुदन खराल प्रथम, समिप खत्री द्वितीय र श्रृजन थापा तृतीय भएका छन । त्यस्तै छात्रतर्फ मेन्सी कुसहवा प्रथम, तमन्ता चौधरी द्वितीय र आयुष्मा गुरुङ तृतीय भएको विद्यालयका भाइस प्रिन्सिपल श्री रायमाझीले जानकारी दिए । प्रतियोगितामा प्रथम हुनेलाई ३ हजार, दोस्रोलाई २ हजार र तेस्रो हुनेलाई १ हजारसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको प्रिन्सिपल राजेन्द्र घिमिरेले बताए ।
एसईई दिएर बसेका यस क्षेत्रका विद्यार्थीलाई लक्षित कार्यक्रममा २ सय जनाको सहभागीता रहेको थियो । विद्यालयका कोओर्डिनेटर हरि प्रसाद आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । यसअघि योगा एण्ड मेडिटेसन, आर्ट एण्ड क्राप्ट, फोटोग्राफी कन्टेष्ट सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij