
शुक्रवार , आषाढ ८, २०८१
काठमाडाैं, ७ असार । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले योगलाई कुनै धर्म र जातमा सिमित गर्नु नहुने बताएका छन् ।
शुक्रवार १० औं विश्व अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पार्टीले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले योग नेपाल भूमिबाट नै शुरु भएको उल्लेख गर्दै योग कुनै धर्म, जाति, भुगोल र राजनीतिक विचार धारामा सिमित नहुने बताए । उनले योगलाई मानव जातिको कल्याणका रुपमा विकास गर्नुपर्ने बताए । उनले योग मानव समाजव्यापी हुन जरुरी रहेको बताए ।
अध्यक्ष ओलीले चित्त निरोधक नै योग रहेको बताए । योग भनेको अनुशासित र पवित्र जीवन रहेको बताए । उनले योगको बाटोमा लाग्न र फैल्याउन आग्रह गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij