
शुक्रवार , आषाढ ८, २०८१
भैरहवा, ७ असार ।
रुपन्देहीको भैरहवास्थित होटल एसियन बुद्धले सरसफाई कार्यक्रमलाई निरन्तरता दिइरहेको छ । सिद्धार्थनगर नगरपालिका–८ बसडिलवामा रहेको होटलले होटल क्षेत्र वरपरका सडक तथा बसडिलवा शिवालय मन्दिर (शिव मन्दिर) क्षेत्रमा सरसफाई गर्दै आएको छ । ‘सामाजिक कार्यमा हाम्रो उत्तरदायित्व, सरफाई अभियानमा एसियन बुद्धको नेतृत्व’ भन्ने नाराका साथ शुक्रबार (आज) बिहान सरसफाई गरिएको होटलका अपरेशन म्यानेजर जे.पी.सुवेदीले बताए ।
उनका अनुुसार होटलले प्रत्येक महिनाको पहिलो शनिबार बिहान ५ः३० देखि ७ः३० बजेसम्म सरसफाई कार्यक्रम सञ्चालन गर्दै आएको छ । यो महिना भने शुक्रबारको दिन सरसफाई कार्यक्रम गरिएको सुवेदीले जानकारी दिए । अर्को महिनादेखि पुनः पहिलो शनिबार कार्यक्रमलाई निरन्तरता दिइने उनको भनाइ छ ।
स्वच्छ वातावरणका लागि सरसफाई अत्यन्तै महत्वपूर्ण रहेकोले होटलले यो कार्यक्रम सञ्चालन गर्दै आएको सुवेदीले जानकारी दिए । ग्राहकलाई राम्रो सेवा तथा आतिथ्यता प्रदान गर्दै आएको यो चारतारे होटलले सामाजिक क्षेत्रसँगै नगर÷गाउँलाई स्वच्छ तथा सफा राख्न सरसफाई कार्यक्रम राख्दै आएको उनले बताए । त्यस्तै प्रत्येक शुक्रबार होटलमा गायक जीवनको प्रस्तुती रहेको उनले जानकारी दिए ।
होटलका महाप्रबन्धक दीपक धमलाले होटलले सामाजिक कार्यहरुलाई पनि निरन्तरता दिदै आएको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij