२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

आँखा अस्पतालका प्रशासनिक कर्मचारीका लागि ‘सीएमई प्रोग्राम’

शनिवार , आषाढ ९, २०८१

भैरहवा, ८ असार ।
लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान श्री रण अम्बिका शाह आँखा अस्पताल सिद्धार्थनगर–३, रुपन्देहीको आयोजनामा अस्पतालमा कार्यरत प्रशासनिक कर्मचारीहरुका लागि ‘सीएमई प्रोग्राम’ (तालिम) सम्पन्न भएको छ । शुक्रबार भैरहवामा भएको कार्यक्रममा १२० जनाको उपस्थिति रहेको अस्पतालका सूचना अधिकारी प्रतीक पाण्डेयले जानकारी दिए ।

कार्यक्रमको नेपाल नेत्र ज्योति संघका केन्द्रीय उपाध्यक्ष तथा श्री रण अम्बिका शाह आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सागर प्रताप राणाले उद्घाटन गरेका थिए ।

कार्यक्रममा प्रा.डा. ज्ञानेन्द्र लामिछाने, डा. रमेश भट्टराई र अस्पतालका व्यवस्थापक प्रकाश रायमाझीले सहजीकरण गरेका थिए । 

अस्पतालका चिफ मेडिकल डाइरेक्टर प्रा.डा. ज्ञानेन्द्र लामिछानेको अध्यक्षता, बाह्य कार्यक्रम निर्देशक सह–प्राध्यापक डा. कबिन्द्र बज्राचार्यको स्वागत तथा अस्पतालका सूचना अधिकारी प्रतीक पाण्डेयको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।