२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

नेपाली मिडियाको कहालीलाग्दो कालखण्ड र वर्तमान, विदेशी अध्ययन अनुसन्धानबाट पलाएको आशा

आइतवार , आषाढ १७, २०८१

नेपालको पत्रकारिता वा मिडियाको चर्चा गर्दा यसको विगत कालखण्डलाई पनि संकेत गर्नु पर्ने हुन्छ । नेपालमा विभिन्न राजनीतिक कालखण्डको सगै पत्रकारिता वा मिडियाकाललाई  पनि सँगसँगै लगेर यसको आरोह र अवरोहलाई हेर्न सकिन्छ। नेपालको पत्रकारिताले यीनै राणाकाल, प्रजातन्त्रकाल, पञ्चायतकाल, बहुदलि संसदियकाल, राजाको प्रत्यक्ष शासनकाल पार गर्दे अहिले गणतन्त्रकाल सम्म आई पुगेको छ ।

राणाकालः पे्रस वा छापाखानाको इतिहास जंग बहादुुरले बेलायतबाट ल्याएको गीद्धे प्रेससंग राणकाल जोडिए पनि नेपालको पत्रकारिता को सिलसिलावद्ध इतिहास वि स १९५९ बैसाख २४ गते गोरखापत्रको प्रकाशन भएपछि सुुरु भएको हो । यही प्रकाशनको दिनलाई नेपालमा पत्रकारिता दिवसको रुपमा पहिचान गरि मनाउने गरिएको छ । वि.स १९५५ साउनमा प्रकाशन भएको सुुधासागर साहित्यिक पत्रिकालाई पनि पत्रकारितासंग जोडेर हेर्ने गरिएको छ । गोर्खा भारत जीवन, आवाज जस्ता पत्रिकाहरु पनि यही सेराफेरोमा प्रकाशन मा आएका हुन्  । मिडिया छापाखामका लागि राणाकालको अन्तीम क्षणमा आएको नेपाल सरकारको बैधानिक कानुन २००४ प्रेस र अभिब्यक्ति स्वतन्त्रतालाई मौलिक हकको रुपमा प्रत्याभूति भन्ने गरिए पनि वा २००५ सालमा छापाखाना र प्रकाशन सम्वन्धि ऐन, आए पनि यो मिडिया,पत्रकारिता अथवा प्रेस स्वतन्त्रताका लागि सकारात्मक बन्न सकेनन् ।

प्रजातन्त्रकाल: राणाकालकोे समाप्ति पछिका९वर्ष (२००७–२०१६) राजनीतिको अन्तरिम सङ्क्रमण कालमा नेपाली पत्रकारिता पनिप्रभावित हुन पुुग्यो । यो वीचमानेपालको आन्तरीम शासन विधान २००७ र नागरिक अधिकार ऐन २०१२ मा वाक र प्रकाशन स्वतन्त्रता उल्लिखित गरिएपनि,  प्रेस कमीसन आयोगका प्रतिवेदन बने पनि, यो क्षेत्रमा तात्वीक प्रगति हुनभने सकेन। यो बेलामा नेपालको आफ्नै संवाद वा समाचार समिति थिएन। समाचारको लागि विदेशी एजेन्सी यूपीआई, पीटीआई, भारतीय समाचारहरुसंग भर पर्नु पर्ने रयनिीहरुबाटै समाचार  किन्नुपर्ने  अवस्था रहेको थियो ।

पंचायतकालः यो कालमा नेपालका आफ्नै सम्बाद समिति, रासस जस्ता संस्थाहरु स्थापना भएपछि  नेपाली अखवारहरुकालागी  समाचारको को श्रोतका रुपमा यी  संस्थाहरुद्येखा परे  । सञ्चार संस्थान ऐन, छापाखाना सम्वन्धि नियमावलि बनाईए,शाही प्रेस आयोग २०३८ पनि बनाईयोतर सवैविषयहरु पंचात ब्यवस्था टिकाउनका लागि अन्तर सम्वन्धित रुपमा देखिए । यी प्रेस स्वतन्त्रताका लागि  नभएर नियोजीत स्वतन्त्रताका लागि  निर्देशित नियम लेपन गरिएका दस्तावेजको रुपमा परिचीत थिए ।

स्वतन्त्र रुपमा लेख्ने बोल्ने अभिब्यक्ति दिने हकहरुमा लगाम लगाईएको थियो । पत्रिकाहरु सरकारको सेन्सरसीपमा परेका थिए । दर्जनौ पत्रिकाहरु खारेजमा परेका थिए ।  सरकारमा दर्ता भएका पत्रकारहरुको हकहित र प्रेस स्वतन्त्रताका नाममा खोलीएका संस्थाहरु राजा र पंचायतका भजनमण्डली बन्न पुगे ।सरकारी निरङ्कुशताका कारण स्वतन्त्र पत्रकारिताको बाटोमा अपरोध हुन गयो । यस्तो कठोर अप्रजातान्त्रिक कालखण्ड २००७–२०१७ को अवधिमा पत्रिका प्रकाशमा जवरजस्त  रुपमा बृद्धि भएकोदेखीए पनि यसमा गुणात्मक बृद्धहुन सकेन । सरकारी रेडियो नेपाल,  नेपाल टेलीभिजन, र गोरखापत्र,सरकार र ब्यवस्थालाई साथ दिने पत्रकारिताको मात्र हालीमुहाली रहेको अवस्था थियो भने अन्य समाचार माध्यम पत्रिकाहरु खतरा मोलेर प्रतिपक्षमा बसेका थिए।

बहुदलीय संसदीयकालः नेपालमा २०४६ पछि वा पुन प्रजातन्त्रको स्थापना भएपछि  मात्र पत्रिकाहरुले फष्टाउने अवसर प्राप्त भएको हो । यो कालमा नेपालमा धेरै पत्रिकाहरु जन्मीन पुुगेको देखिन्छ । यो बेलामा मिडिया हाउसहरुको विकास सगै  एफ. एम रेडियो पत्रकारिता, टेलीभिजन पत्रकारिता,लगायत छापामाध्यम पत्रकारिता भित्र पनिशिक्षा,स्वास्थ,खेलकुद,अर्थ लगायत धेरै प्रकृतिका पत्रकारिता जोडिएर आउने गरेको देखिन्छ। यो अविधिमा  छापाखाना प्रकाशन ऐन २०४८ राष्ट्रिय प्रशारण ऐन,२०४९,सञ्चारनीति २०४९,श्रमजीवी पत्रकार ऐन २०५१, अन्तरिम संविधान २०६३  सूचनाको हक सम्वन्धि ऐन, २०६४ र नियमावली २०६५, आदि यो अवधिका मिडियाका लागि थप कानुनी आधारहरु निर्माण हुदै थिए ।

यो काल पनि नारायणी दरवार हत्याकाण्ड, राजा ज्ञानेन्द्रको  कू र  मुलुक भित्रको आन्तरिक द्धन्दका कारण धेरै समय सम्म टिक्न सकेन र पत्रकारिता क्षेत्रको विकासमा पनि यसले सकारात्मक असर पार्न नसके पनि मिडियाहरुले यो क्षेत्रमा डटेर काम गरिरहे ।

राजा ज्ञानेन्द्रको  प्रत्यक्ष शासनकालःवि.स २०५८ देखि २०६५ सम्मको अवधि पत्रकरिताको लागि निरङ्कुस बनेको थियो   नेपालमा पत्रकार मिडिया हाउसहरुका काम कारवाहीहरु ठप गराउने काम यो अवधिमा गरियो ।विचार अभिब्यक्तिको स्वतन्त्रतालाई निमोठ्ने काम  गरिए । मिडियाहरुले राजाको सेन्सरसीप ब्यहोर्नु परेकोथियो । एफ. एम रेडियो मा समाचार प्रशारणमा रोक लगाईएको थियो । संकटकालको नाममा मौलिकहक अन्तरगतका विचार अभिब्यक्तिका स्वतन्त्रताहरु निलम्बन गरिएका थिए । छापाखाना र पत्रकारिता सम्वन्धि उपधारा निलम्बन गरी समाचार प्रकाशन लेखनमा प्रतिवन्ध लगाईएको थियो । संवैधानिक उपचारको हक थिएन । त्यो बेलाको  पत्रकार र पत्रकारीताको बैयक्तिक कुरा नगर्ने हो भने नेपाली मिडिया सेन्सरसीपको सामना गर्दै अघि बढी रहेका थियो । 
गणतन्त्रकालः यही विचमा पत्रकारिता भित्र विभिन्न भेदहरु विकसित हुदै गएको देखिका छन्। ।

रेडियो पत्रकारिता ,टेलीभिजन पत्रकारिता, अनलाईन पत्रकारिताहरु देखिए । छापामाध्यम पत्रकारिता भित्र पनि शिक्षा,स्वास्थ,खेलकुद,अर्थ लगायत धेरै प्रकृतिका पत्रकारिता जोडिएर आउने गरेका छन् । सामाजिक सञ्जाल भित्र यूटिउब फेसबुक, प्रोटलहरुले छिटो भन्दा छिटो सूचनाहरु पाेिष्टङ गरिरहेका छन् र आफूलाई पनि पत्रकारिताको एक हिस्साको रुपमा देखाउने प्रयास एकातर्फ छ भने अर्को तर्फ प्रोपगण्डा फैलाउने,आधार विहिन, ब्यक्ति आरोपित सूचनाहरु दिने गरेको पाईन्छ।यसले परंपरागत रुपमा विकसित हदै आएको पत्रकारिता माथि पनि चुुनौती थपिएको छ । यो पत्रकारितामा अहिले ‘इको च्याम्बर’प्रवेश गरेको देखिन्छ । यसैगरी फेसबुक इन्टरनेटले दिएको सुविधाजनक प्लेटफर्महरु प्रयोगगरी  ब्यपारीक  स्वार्थ अनुकुलका सामाग्री विचार प्रवाह गर्ने प्रबृत्ति  देखिएको छ । यस्ता प्रबृत्तिले पत्रकारिता वा मिडिया प्रतिको विस्वासमा कमीआउने कुरा नकार्न मिल्दैन ।

पत्रकारितामा संख्यात्मक बृद्धिका साथै गुणात्मक पहिचानको अपेक्षा गरिएको हुन्छ । प्रेस काउन्सील नेपाल २०७८ का अनुसार २०७९ असार मसान्त सम्म छापामाध्यम ७९११, एफ एम रेडियो११७६६,टेलीभिजन २३७ रहेका छन् । २०७८ सालको असार मसान्त सम्म २७६० वटा अनलाइन पत्रिका सूचीकरण भएका र २०७९ सालमा यो संख्या बढेर ३४९४ पुुगेको कुरा प्रेस काउन्सील नेपालको अभिलेखमा रहेको बताईन्छ  । यीनीहरुको गुणस्तरिया कन्टेन्ट सग गएर जोडिन्छ।कन्टेन्ट चुकेपछि हामी कतातीर गइ रहेका छौ  भन्ने कुरा सहजै अनुमान हुन्छ । आर्थिक,वित्तियको राप र चाँप ले पनि मिडियालाई  नछोएको होइन।  यसो हुुदैमा  हामीले  निमौण गर्ने परिदृश्य र बाटोको सार रुप भुल्न भने मिल्दैन । यही परिवेशमाहाम्रो मिडियाको सर्भेक्षण अध्ययन अनुसन्धान हुने हो र भएको पनि छ ।

नेपालको मिडियामाथि सर्भेक्षण अध्ययन अनुसन्धान
मिडियाको उत्पादन, उपभोग फैलावट, प्रवाहसंग केन्द्रति रहेर विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय एजेन्सीहरुले यो वा त्यो रुपमा विभिन्न माध्यम मार्फत  नेपाली मिडियाहरुको मापन उजागर गरिरहेका छन् । समाचारको लागि विदेशी एजेन्सी यूपीआई,पीटीआई, भारतीय समाचारहरुसंग भर पर्नु पर्ने रयनिीहरुबाटै समाचार  किन्नुपर्ने  अवस्था रहेको थियो ।

इन्टर डिसप्लिनेरी एलाइसिस्ट ९क्ष्म्ब्० स्थानीय सञ्चार माध्यमको शसक्तीकरण तथा सूचनामा पहूूँच क्षेत्रमा काम गर्ने अन्तरराष्ट्रिय गैर सरकारी संस्था यन्टर न्यूजसंगको सहकार्यमा  गरेको तत्कालिन  राष्ट्रिय मत सर्भेक्षणले नेपालमा सवैभन्दा बढी विस्वास  रेडियो प्रति रहेको तथ्य बाहिर ल्याएको थियो ।यसैगरी  टेलीभिजन र नेपाली सेनाप्रति दोस्रो, नेपाल प्रहरी र निर्वाचन आयोगप्रति  तेस्रो विश्वास रहेको कुरा एक प्रतिवेदनमा आईसकेको हो ।  
प्रेस स्वतन्त्रताको सोध खोज अध्ययन गर्ने संस्था रिर्पोटस विथ आउट बोडर्स ले नेपालको पत्रकारितालाई सकारात्मक रुपमा उल्लेख गरेको थियो ।यसैगरी पे्रस फ्रिडम  इन्डेक्समा सन २०२३ भन्दा सुधारगरी ७४ औ स्थानमा  आएको बताईएको छ ।  यसले  दक्षीण एशियामा हाम्रो स्थान कहाँ छ भनेर खोज्न हौसला प्रदान गर्दछ।  
इन्टरनेशनल रिसर्च एण्ड एक्सचेन्ज ९क्ष्च्भ्ह्० र द एसिया फाउन्डेसनको सहकार्यमा “भाइब्रेन्ट इन्फर्मेशन ब्यारोमिटर ९ख्क्ष्द्यभ्०  ल्बतष्यलब िच्भउयचत ल्भउब िद्दण्द्दद्ध” पनि हाम्रो समक्ष आईसकेको छ ।  उत्पादन, उपभोग फैलावट, प्रवाहसंग सम्वन्धित विषयलाई राखेर गरिने यो अध्ययनले पत्रकारिता जगतलाई जटिल सूचना प्रणालीका चुनौतीहरू र अवसरहरू मापन र निदान गर्न मार्ग निर्दीष्ट गर्दछ वा प्रदान गर्दछ  भन्ने मान्यता राखेको छ । सूचनाको गुणस्तर, प्रवाह, जानकारी उपभोग र सूूचनाका बैचारीक रेखा वा परिर्वतनकारी कार्य, सूचना र यसको ब्यवहारीक प्रयोगलाई सिद्धान्तको रुपमा यसले हेरेको देखिन्छ ।   

प्रतिवेदनले २० सूचकहरू र १६७ उपसूचकहरू प्रयोग गरी नेपालको सूचना इकोसिस्टमको मुुल््याङ्कन गरेको बताईएको छ । देशको समग्र स्कोर ४० मध्ये लुम्बिनी प्रदेशको ३४ अंक र मधेश प्रदेशको २२ अंक रहेको प्रतिवेदनमा उल्लिखित छ ।यसरी हेर्दा प्रतिवेदनले नेपालको सूचना इकोसिस्टम सन्तोषजनक रुपमा भएको संकेत बुझ्नु पर्ने हुन्छ ।

पत्रकारिताको क्षेत्र र सामाजिक सञ्जाल विकृति
पत्रकारितालाई सामाजिक सञ्जाल पनि माजाले ओगटेको छ । सूचनाको गुणस्तर जस्तो भएपनि सूचनाको रुपमा समाचार, विचार, अन्तरवार्ता  आदि आई रहेकाछन् । यी मध्ये कतिपय विश्वास योग्य छैनन्। कतिपय विकृति को रुपमा पनि देखिएका छन् । यसले गर्दा अन्य मिडियालाई पनि यसको प्रभाव परीरहेको छ । 

पत्रकारहरु स्वच्छ,विष्पक्ष भए  भने सत्यको उजागर हुन्छ । यो कार्य सजिलो देखिए पनि सहास, हिम्मत र प्रमाणीकतासंग जोडिएको छ। सत्य बोल्दा लेख्दा यताना  र कष्ट  मात्र होईन जीवनलाई नै बलिदानमा गएकोे इतिहास पनि छ । मानवले बोल्न पाउने अधिकारको अन्तिम घडीसम्म बचाइ राख्न सक्ने तागत पत्रकारितासंग छ। जहाँ नागरिक स्वतन्त्रता माथि धावा बोल्ने कामहुन्छ त्यहाँ पत्रकारले कडा प्रहार गर्न सक्छ । 

यसको लागि मिडियाले मार्ग प्रसस्त गर्दै जान ुपर्दछ। तर उनीहरुलाई बाटो विराउने छुट भ ने छैन । श्रेष्ठ भाव (उदात्त) र अभिप्राय साथ समाचार र विचार प्रवाह गर्नुपर्छ भन्ने मान्यतालाई कतापी विर्सन मिल्दैन । मिडिया भनेको नै सवै विचारहरुलाई स्थान दिने एउटा भरपर्दो प्लेट फर्म पनि हो । यस्तो विचारको पृष्ठ वा स्थानलाई हामी खुला मञ्चभन्दा पनि हुन्छ । 

अहिले मिडिया वा पत्रकारिता कस्तो छ भन्ने कुरा यसमा काम गरेका वा बाहिर बसेका अध्येताहरुले बताउन नसक्ने विषय होइन ।  आफ्नो व्यापारिक स्वार्थ अनुकूलका सामग्रीलाई मिडियामा प्रस्तुत भएमा यसले कसलाई सेवा गरेको छ ? कसको स्थान स्वार्थ को लागि लेखिरहेको छ? भन्ने कुरा सहजै अनुमान गर्न सक्छौ यस्तै यस्तै धेरै कुराहरु मिडियासंग जोडिएर आउने गर्दछन् ।यसैले अन्य उपभोग्य वस्तुहरुको जस्तै  विचारहरुको पनि बजार र (मार्केटप्लेस अफ् आइडियाज) हुन्छ । यो राम्रोको लागि प्रतिस्पर्धा हुनुपर्दछ भन्ने कन्सेप्टहरु हो ।

यसैले पत्रिकामा सवै विचारहरुले स्थान पाउनुपर्दछ यो निषेधको  सिद्धान्तमा चल्नु हुदैन । यही कुराको पुुष्टीगर्न इको च्याम्बर जस्ता कुराहरु  इन्टरनेट अभियन्ताले अगाडि सारेको हुनुपर्दछ  । हाम्रो कन्टेन्टमा हामी चुुक्नुहुदैन। जुन पत्रकारिता हो त्यो छोड्ने र जुन पत्रकारिता होइन त्यो ल्याउने गर्नु हुदैन । यसमा पनि हामी चुक्यौ भने यसले हामीलाई पत्रकारिता तर्फ होइन अन्य कारितातर्फ लगेको छ भन्ने बुमmनुपर्दछ । जुन कुरा हरेक अनुसन्धानका सूचक अध्ययन र अनुुगमनमा परेका हुन्छन् भनेर हामीले भुल्न हुदैन ।