२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

पोखरामा तिलोत्तमा चेम्बरको तीनदिने कार्यशाला गोष्ठी

शनिवार , फाल्गुण १५, २०७७

तिलोत्तमा, १५ फागुन ।
तिलोत्तमा चेम्बर अफ कमर्शको तीनदिने रणनीतिक कार्यशाला गोष्ठी पोखरामा सम्पन्न भएको छ । संस्थाको आगामी २ वर्षे रणनीतिक कार्ययोजना बनाउन पुगेको संघको कार्यसमितिको टोलीले फागुन १२, १३ र १४ पर्यटकीय नगरी पोखरामा कार्यशाला गोष्ठी गरेको हो ।

संस्थालाई सबै व्यवसायीहरुको साझा र सशक्त संस्थाको रुपमा विकास गर्ने गरी गोष्ठीले दुई वर्षका लागि विभिन्न कार्ययोजना तय गरेको छ । कार्यशाला गोष्ठीमा पोखरा विश्वविद्यालयका सह–प्राध्यापक डा. भरतराम ढुंगानाले व्यापार प्रवद्र्धन र रणनीतिका बारेमा प्रशिक्षण दिएका थिए ।

विभिन्न क्षेत्रसंग साझेदारी, सहकार्य र समन्वय गर्दै आफ्ना गतिविधि र कार्यक्रम अघि बढाउने कार्ययोजना पनि गोष्ठीले पारित गरेको छ ।

कार्यक्रममा संस्थाका अध्यक्ष बाबुलाल भुसालले वर्तमान अवस्थामा संस्थालाई व्यवसायिक हकअधिकार संरक्षण गर्ने साझा संस्थाका रुपमा विकास गर्न सबैमा एकताको भावना जागृत हुनु जरुरी रहेको बताए ।

त्यस अवसरमा संस्थाका प्रथम उपाध्यक्ष रामचन्द्र पाण्डे, महासचिव विष्णु बराल लगायतले संस्थागत विकासको लागि आवश्यक काम, सामाजिक गतिविधि तथा जिम्मेवारीका विषयमा आ–आफ्नो धारणा राखेका थिए । त्यस क्रममा संस्थाले आगामी दिनमा सामना गर्नुपर्ने चुनौती, अवसर, वर्तमान अवस्था र संस्थाको सबल पक्षका विषयमा समिक्षा गरिएको थियो ।

कार्यशाला गोष्ठीको संयोजन संस्थाका महासचिव विष्णु बराल, कोषाध्यक्ष बाबुराम कंडेल र सदस्य विष्णु कालिराजले गरेका थिए । कार्यक्रममा अध्यक्ष भुसालले कार्यशाला गोष्ठीको आयोजना संस्थागत कामको समिक्षा गर्दै भावी योजना बनाउन र मार्ग दिशा कोर्नका लागि भएको कारण गोष्ठीबाट आएका निष्कर्षहरु कार्यान्वयन गर्ने कुरामा सिंगो कार्यसमिति इमान्दारिताका साथ लाग्नुपर्ने बताए ।