२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

तिलोत्तमा–६ लाई आइएसो प्राप्त बनाउनका लागि सम्झौतामा हस्ताक्षर

आइतवार , भाद्र ९, २०८१

तिलोत्तमा, ९ भदौ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ६ लाई आइएसो प्रमाणीकरण गराउनेबारे सम्झौता भएको छ । आइतबार वडा र आइएसोका प्रतिनिधिबीच भएको सम्झौता अनुसार एक वर्षभरी ४७ वटा सूचांकमा काम गरी वडाले उक्त काम पूरा गरेमा आइएसो प्राप्त गर्न सक्नेछ । 

सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले पालिका उत्कृष्ट रुपले अघि बढिरहेको सन्दर्भमा हरेक वडालाई आइएसो प्राप्त बनाउन सके जनताको मन जितिने र निर्वाचित जनप्रतिनिधि र कर्मचारीले प्रभावकारी तरिकाले काम गर्ने बताए । 

त्यस्तै आइएसोका कन्ट्रि म्यानेजर सुदिप शर्माले वडा नम्बर ६ को काम हेर्दा अत्यन्तै चुस्त देखिएकाले यस वडाले सूचांक पूरा गर्नेतर्फ ध्यान दिएर काम गर्नुपर्ने जनाए । वडाध्यक्ष गणेश पाठकले नगरभित्रका सबै वडामध्ये ६ ले पहिलो मौका पाएकाले यसलाइ पूरा गर्न आफू र आफ्नो टीम लाग्ने बताए । उनले यसका लागि वडाबासीको साथ महत्वपूर्ण रहने बताए ।